भारतका कम्युनिष्ट साथीहरु दङ्ग परेर सोध्छन् – यति छिट्टै नेपालका कम्युनिष्टहरु कसरी धनी भए ?
नेपाली कम्युनिष्ट आन्दोलनमा सुपरिचित नाम हो : मोहनविक्रम सिंह । नेकपा मसालका महामन्त्रीसमेत रहनुभएका सिंहसँग रातोपाटीका लागि चन्द्र खाकीले गरेको कुराकानी प्रस्तुत छः
नेपाली राजनीतिले पक्रेको दिशा र त्यसले अहिले भोगिरहेको दशा के हो ?
नेपालको राजनीतिक स्थिति गम्भीर छ । वास्तवमा भन्ने हो भने, अहिलेको तत्कालको मात्र हैन, लामो समयदेखि नेपालको राजनीति लोकतन्त्र, प्रतिगमन, विदेशी शक्तिहरुको हस्तक्षेपको चक्रमा घुमिरहेको छ । हाम्रो कोशिश अहिलेको राजनीतिलाई जनवाद, समाजवादको तहसम्म पुर्याउने नै छ र हुनुपर्छ । तर तत्काल त्यो अहिलेको हाम्रो मुख्य एजेण्डा बनाएका छैनौं । तत्काल जनवाद कायम गर्न र समाजवाद ल्याउनको लागि परिस्थिति तयार छैन भन्ने हाम्रो सोचाइ हो ।
तत्काल गर्ने भनेको राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, लामो संघर्षपछि कायम भएको संविधानको रक्षा र कार्यान्वयन नै हो ।
यतिखेर यसका विरुद्ध कैयन शक्तिहरु लागेका छन् । एकातिर देशभित्रका कट्रवादी शक्तिहरु, राजावादी हिन्दूवादी शक्तिहरु लागेका छन् भने अर्कोतिर भारतीय विस्तारवाद पनि लागेको छ । भारतको नेपालप्रतिको दृष्टिकोण विस्तारवादी साम्राज्यवादी रहँदै आएको छ । तिनमा पनि नेपालको गणतन्त्र, धर्मनिरपेक्षताप्रति त्यहाँको कांग्रेसका आईको नराम्रो दृष्टिकोण छैन । तर भाजपाको कट्टर प्रतिगामी दृष्टिकोण छ र तिनीहरु नेपालका परिवर्तनप्रति सकारात्मक छैनन् ।
सातसालदेखिकै इतिहास हेर्ने भने कहिले लोकतन्त्र अघि आउने, प्रतिगमन पछि जाने, प्रतिगमन अघि आउने, लोकतन्त्र पछि जाने चक्र चल्दै आएको छ । अहिले गणतन्त्र हावी छ तर त्यो सुरक्षित छैन । प्रतिगामीहरु यसलाई समाप्त पार्ने कोशिशमा लागिरहेका छन् । यो द्वन्द्वका बीच अहिले देश गुज्रिरहेको छ ।
अर्को सवाल भनेको, नेपालका जनताले वारम्बार लोकतन्त्र, गणतन्त्र र अग्रगमनको पक्षमा आन्दोलन गर्दै र त्यसलाई विजयी बनाउँदै आएका छन् । तर नेपालका राजनीतिक पार्टीहरुको भूमिका राम्रो भएन । सातसालपछि कांग्रेस सत्तामा आयो र विपीको नेतृत्वमा सरकार बन्यो । तर सरकारमा जानेबित्तिकै जनविरोधी, दमनकारी नीति अपनायो । त्यसबाट राजा महेन्द्रले फाइदा उठायो र तीस वर्षे पञ्चायती शासन कायम गर्यो । ४६ सालमा त्यही भयो । बहुदलीय पक्षधरको विजय भयो तर सत्तामा आएका राजनीतिक पार्टीहरुले सही ढंगले काम गरेनन् । त्यसबाट पैदा भएको असन्तोषको ज्ञानेन्द्रले फाइदा उठाए ।
अहिले गणतन्त्र आएको छ । आफूलाई कम्युनिष्ट भन्ने, जसलाई हामी कम्युनिष्ट नै मान्दैनौं, हरुको बाहुल्यता रहेको सरकार छ । तर उनीहरुले सत्तामा आएर पनि राम्रो काम गर्न सकिरहेका छैनन् । स्वयं आफ्नो प्रतिबद्धताअनुसार, गणतन्त्र÷लोकतन्त्रलाई मजबूत पार्ने र देशको विकास निर्माण गर्ने काममा उनीहरुको भूमिका सन्तोषजनक रहेको छैन ।
लोकतन्त्रको पक्षमा आएका राजनीतिक शक्तिहरुको बारम्बारको गलत कामकारवाहीहरुले गर्दा प्रतिगमनले शिर उठाउने मौका पाउँदै आएको छ । यो स्थितिमा खेलेर अहिले पनि प्रतिगमनकारी, राजावादी शक्तिहरुले खेल्ने कोशिश गरिरहेका छन् । यही मौकामा भारतमा सत्तामा आएका कट्टरवादी हिन्दू शक्तिहरुले नेपालमा राजतन्त्र स्थापित गर्ने कोशिश गरिरहेका छन् ।
यो स्थितिमा अहिले सरकारमा रहेको राजनीतिक शक्तिले राम्रो भूमिका निर्वाह गरेको भए यो स्थितिको सामना गर्न सक्थ्यौं । तर यही सरकारको कारण र उसको गलत गतिविधि र कार्यशैलीको कारणले गर्दा गणतन्त्र, लोकतन्त्रको आधार कमजोर हुँदै गइरहेको छ । फलतः देशको राष्ट्रियतामाथि पनि गम्भीर खतरा पैदा भएको छ । यतिखेर मुलुकमा राष्ट्रिय विखण्डनको स्थिति पैदा गर्ने कोशिश भइरहेको छ र मूलतः भारतले पनि त्यही किसिमको राजनीतिलाई अगाडि बढाइरहेको छ ।
त्यसो त अहिले जुन स्थिति तयार भएको छ, यो कुनै नयाँ र अनौठो स्थिति तयार भएको होइन । सातसालदेखि नै जुन द्वन्द्वमा नेपाल रहँदै आएको छ, अहिले पनि त्यही द्वन्द्वमा नेपाल छ ।
यस्ता निम्न साँस्कृतिक धरातल भएका राजनीतिक पार्टीहरुले जनताबाट किन भोट पाउँछन् ? किन उनीहरुले अत्यधिक बहुमत पाउँछन् ? यसले हाम्रो राष्ट्रिय चरित्रमा पनि कैयौं गम्भीर प्रकारको कमजोरी छ भन्ने नै देखाउँछ ।
सात सालदेखि नै परिवर्तनकारी शक्तिहरुले सही भूमिका निर्वाह गर्न नसक्दा बारम्बार प्रतिगमनले शिर उठाउने मौका पायो भन्ने तपाईंको भनाइ रह्यो । तर परिवर्तनका लागि लडेका र लामो समयदेखि आफूलाई त्यसैमा जीवन अर्पेका शक्तिहरु आफैंले चाहिँ परिवर्तनका मुद्दाहरुलाई सही ढंगले सम्बोधन गर्न तथा सही भूमिका निर्वाह गर्न नसक्नुका जड कारणहरु चाहिँ के रहे ?
जड कारण भनेको मूलतः उनीहरुको चरित्र नै हो । अरु देशहरुमा बुर्जुवा पार्टीहरु हुन्छन् । कम्तिमा उनीहरु आफ्नो देश र देशको विकासप्रति, लोकतन्त्र, गणतन्त्रप्रति र मुलुकको समृद्धिका लागि इमान्दार भएर काम गरिरहेका हुन्छन् । बुर्जुवा पार्टीहरुमा हुने त्यो इमान्दारिता र चरित्र नेपालको राजनीतिक पार्टीहरुमा भएन । कांग्रेसमा पार्टीमा त भएन भएन, स्वयं कम्युनिष्ट पार्टीहरुमा पनि त्यो भएन ।
भएन चाहिँ किन ? के मुखले चाहिँ उन्नत सिद्धान्तको कुरा गर्ने तर साँस्कृतिक रुपले, चिन्तनगत हिसाबले चाहिँ उनीहरु पछौटै नै रहेको कुराको द्योतक हो यो ?
यसको कारण भनेको निम्न साँस्कृतिक धरातल नै हो । माक्र्सवादी दृष्टिकोणले त्यो धरातल यिनीहरुमा छँदैछ, बुर्जुवा दृष्टिकोणले पनि हुनुपर्ने न्यूनतम साँस्कृतिक धरातलको पनि अभाव देखिन्छ । बुर्जुवाहरुमै पनि बरु साँस्कृतिक धरातल माथिनै उठेको देखिन्छ । हो, बुर्जुवाहरुको दृष्टिकोण, दर्शन र व्यवहारप्रति हाम्रो विरोध छ, तर साँस्कृतिक रुपमा उनीहरु कैयन सन्दर्भमा माथि नै उठेका हुन्छन् । उदाहरणको लागि, विकसित बुर्जुवा समाजमा कोही मानिस नहुँदा पनि पुस्तक पत्रिकाहरु पैसा तिरेर किन्ने लैजाने हुन्छ भने हाम्रो यहाँ चाहिँ लाइब्रेरी कै किताब पनि गायब गरिदिने खालको व्यवहार हुन्छ । केही समयअघि अमेरिकन लाइब्रेरी न्यूरोडमा हुँदा उनीहरुले
प्रयोगको रुपमा किताब राखिदिने तर केही समयको अन्तरालमा गायब हुने गरेको पाइएको थियो । यसको अर्थ के हो भने हाम्रो राष्ट्रिय चरित्रमा पनि केही कमजोरी छ । खालि राजनीतिक पार्टीहरुलाई मात्रै दोष दिएर पनि शायद उम्कन मिल्दैन ।
यस्ता निम्न साँस्कृतिक धरातल भएका राजनीतिक पार्टीहरुले जनताबाट किन भोट पाउँछन् ? किन उनीहरुले अत्यधिक बहुमत पाउँछन् ? यसले हाम्रो राष्ट्रिय चरित्रमा पनि कैयौं गम्भीर प्रकारको कमजोरी छ भन्ने नै देखाउँछ ।
भन्नाले राजनीतिक आन्दोलनका मुद्दामा हामी बढी केन्द्रीत रह्यौं तर साँस्कृतिक र चारित्रिक विकास निर्माणका कुराहरुमा चाहिँ हामी पछौटे नै रह्यौं भन्दा मिल्छ ?
साँस्कृतिक धरातलमा त हामी धेरै पछाडि छौं । त्यो चीज बाहिरका कम्युनिष्टहरुबाट पनि थाहा पाउन सकिन्छ । उदाहरणका लागि, भारतका कैयौं कम्युनिष्ट साथीहरुसँग हाम्रो भेट हुन्छ । उनीहरु नेपालका कम्युनिष्टहरुलाई देखेर दंग पर्छन् । त्यहाँ पनि संसदवादी, दक्षिणपन्थी कम्युनिष्टहरु छन् । तर उनीहरु आफूले अपनाएका आदर्श, सिद्धान्तप्रति प्रतिबद्ध छन् । उनीहरु नेपालका कम्युनिष्टहरुलाई देखेर भन्छन्, यतिछिटै नेपालका कम्युनिष्टहरु कसरी धनी भए ? उता चालीसौं वर्ष मुख्यमन्त्री भएकाहरुका जीवनशैली पनि सामान्य छन् । तर त्यसको ठीक विपरीत केही दिन मन्त्री बनेकोहरु पनि नेपालमा धनाढ्य बन्छन् । क्रान्तिकारी भनिएका नेताहरु पनि धनाढ्य वर्गमा परिणत हुन्छन् । यसको अर्थ उनीहरु माक्र्सवादी–लेनिनवादी साँस्कृतिक धरातल मात्र हैन, सामान्य बुर्जुवा प्रकारका धरातलबाट समेत पतन भएका छन् । समग्र रुपमा त्यसले हाम्रो राजनीतिमा काम गरिरहेको छ ।
प्रचण्ड बहुमतका साथ सत्तामा स्थापित सरकारले लिएको दिशा सही छैन र त्यही कारण जनतामा पैदा वितृष्णामा प्रतिगामीहरु खेल्न सक्ने कुरा बारम्बार उठ्ने गरेको छ । यस्तो स्थितिमा परिवर्तनकारी, क्रान्तिकारी शक्तिहरुले किन एकत्रित भएर विकल्प प्रस्तुत गर्न सकिरहेका छैनन् ? किन उनीहरु आ–आफ्नै मौजा खडा गरेर त्यसैमा रमाएर बसिरहेका छन् त ? किन उनीहरुले प्रतिगमनका विरुद्ध संगठित गर्जन गर्नुको साटो झिनो स्वरमा मात्र आवाज उठाइरहेका छन् ?
–वैकल्पिक शक्ति हामीले चाहँदै र भन्दैमा तयार हुने कुरा होइन । त्यसका लागि जनाधार, आत्मगत परिस्थिति र शक्ति तयार हुनुपर्यो । त्यो स्थिति अहिले हामीले देखिरहेका छैनौं । त्यस्तो बलियो शक्ति अहिले प्रतिगामीहरु नै छन् ।
तर त्यसको अर्थ हामीले वर्तमान सरकार नेपाली कांग्रेस, राप्रपाहरु र राजावादी शक्तिहरु जस्तै प्रतिगामी हो भनेर भन्दैनौं । तुलनात्मक रुपमा यो प्रगतिशील छ । त्यसैले हामीले गणतन्त्र, धर्मनिरपेक्षता लगायतका सवालहरुमा यसको प्रगतिशील अडान छ । जबकि अहिले नेपाली कांग्रेसभित्र ठूलो मात्रामा हिन्दू राज्यको पक्षमा, राजतन्त्रको पक्षमा आवाज उठिरहेको छ । राजावादीहरु त्यही प्रकारका छन् । मधेशवादीहरु देशलाई टुक्र्याउने दिशातिर गइरहेका छन् ।
त्यसैले हामीले भन्दै आएका छौं, जनतामाझ अलोकप्रियताका बाबजूद वर्तमान सरकार ती शक्तिहरुभन्दा प्रगतिशील छ । तर, तिनीहरुको नीति सन्तोषजनक छैन । यसअर्थमा योभन्दा शक्तिशाली क्रान्तिकारी विकल्प देखेको भए यो सरकारलाई खत्तम पारेर त्यो क्रान्तिकारी विकल्पलाई ल्याउनेबारे हामी सोच्थ्यौं ।
अहिलेको सरकार खत्तम हुनुभनेको फेरि पनि देश प्रतिगमनको दिशातिर जानु हो । त्यसकारण यो सरकारको गलत नीतिहरुको विरोध गर्दै, त्यसका विरुद्ध संघर्षहरु गर्दै हामीले देशमा कायम संविधान, गणतन्त्र, धर्मनिरपेक्षता र आन्दोलनका उपलब्धिहरुको रक्षा गर्दै अगाडि बढ्नु पर्छ भन्ने कुरामा हाम्रो जोड हो ।
प्रतिगमनको चर्चा धेरै भयो । तर यो कुन स्वरुपमा यो उठ्ने खतरा बढी छ र त्यसलाई रोक्ने विधि के हुन सक्छ ?
–४६ सालमा पनि यो कुरा हामीले धेरै उठायौं । प्रतिगमनको खतरा त सधैं रहन्छ ।
अहिले देखिरहेका छौंः राजावादीहरु, हिन्दू राष्ट्रवादीहरु जुर्मुराइरहेका छन् । उता छिमेकी देश भारतको उत्तरप्रदेशमा योगी आदित्यनाथहरु नेपालमा हिन्दू राज्य र राजतन्त्रको कुरा उठाइरहेका छन् । भाजपाले त्यही कुरा उठाइरहेको छ । यसले गर्दा हामीले देखिरहेका छौं : अहिले झन प्रतिगमनको खतरा बढी छ । त्यो खतरा बढी कसले गराइरहेका छ भन्दा यो सरकारले नै गलत प्रकारका नीति र कार्यशैलीहरु अपनाएर गरिरहेका छन् ।
त्यसो त केही समयअघि प्रम ओलीले पनि १७ सालको संस्मरण गराउनुभयो । के घटनाक्रम त्यो किसिमले दोहोरिन सम्भव छ र ?
–हेर्नुहोस्, सम्भव छैन हामी भन्दैनौं । जस्तो मैले ४६ सालमा त्यो कुरा उठाएको उल्लेख गरें । ४६ सालमा सरकारले उठाएका गलत कदमहरु तथा बहुदलीय पक्षधरहरु नै आपसमा लड्ने भिड्ने गर्दा हामीले प्रतिगमनको घटना दोहोरिन सक्ने चेतावनी दिएका थियौं । त्यसबेला धेरै मानिसहरुले त्यो सम्भव छैन नै भनेका थिए । उनीहरुले ठोकुवा नै गरेका थिए कि अब देश प्रतिगमनतिर जाँदैन । तर पछि ज्ञानेन्द्रले सत्ता कब्जा गरे । आज पनि हामीले त्यो स्थिति देखिरहेका छौं । यो कुरा आजभन्दा ३, ४ वर्षदेखि नै हामीले भन्दै आएका छौं ।
अहिले देखिरहेका छौंः राजावादीहरु, हिन्दू राष्ट्रवादीहरु जुर्मुराइरहेका छन् । उता छिमेकी देश भारतको उत्तरप्रदेशमा योगी आदित्यनाथहरु नेपालमा हिन्दू राज्य र राजतन्त्रको कुरा उठाइरहेका छन् । भाजपाले त्यही कुरा उठाइरहेको छ । यसले गर्दा हामीले देखिरहेका छौं : अहिले झन प्रतिगमनको खतरा बढी छ । त्यो खतरा बढी कसले गराइरहेका छ भन्दा यो सरकारले नै गलत प्रकारका नीति र कार्यशैलीहरु अपनाएर गरिरहेका छन् ।
कम्युनिष्ट वा वामपन्थी सरकारले नै त्यति गलत बाटो अपनाइरहेको छ भने त्यसका विरुद्धमा सशक्त विरोध वा जनप्रतिरोध किन उठ्दैन वा उठ्न सकिरहेको छैन त ? त्यसको कारण के हो ?
–त्यसको एउटै कारण हो, त्यसका विरुद्धमा उठ्ने शक्तिहरु त्यति शक्तिशाली छैन । हामीले कैंयौं पटक देशव्यापी रुपमा आन्दोलनका कार्यक्रमहरु बनाएका छौं । नाराजुलुस विरोधसभाहरु गरिरहेका छौं तर त्यसलाई व्यापक बनाउन सकिरहेका छैनौं । त्यसको अर्थ व्यापक रुपमा जनाधार हाम्रो छैन ।
हामीले एउटा कार्यक्रम दिन्छौं, २–४ सय मानिस जम्मा होलान् । कुनै बेला ५० जना जम्मा हुन्छन् । यसको अर्थ यो हो जनविरोधी राजनीतिका विरुद्धमा आएका क्रान्तिकारी राजनीतिप्रति जनताको समर्थन प्राप्त भइसकेको छैन । यसको अर्थ जनताको चेतनास्तर त्यति माथि उठिसकेको छैन । चुनावको बेला पैसा बाँडेर, झुठो प्रलोभन दिएर जनतालाई भोट माग्ने कोशिश गर्छन् र उनीहरु विजयी पनि हुन्छन् । त्यसैले अहिलेको अवस्था आउनको लागि राजनीतिक पार्टीहरु मात्रै दोषी छैनन् । त्यसको लागि जनताको चेतनास्तर पनि जवाफदेही छ । हिजोको इतिहास नराम्रो भएका, गलत काम गर्नेहरुलाई जनताले बारम्बार भोट दिनु र जिताउनु त्यसैको परिणाम हो । तर फेरि पनि निर्णायक शक्ति भनेका जनता नै हुन् ।
हिजोका परिवर्तनहरुमा राजनीतिक पार्टीहरुमा आबद्ध नभएका तर बाहिर नागरिक समाजको नाममा संगठित भएका प्रगतिशीलहरुले पनि निर्णायक भूमिका खेलेका थिए । तिनीहरुलाई समेत गोलबद्ध गर्दै नयाँ ढंगको आन्दोलन उठाउने दिशातिर खासै पहलकदमी पनि त भएको छैन नि ! जनतालाई दोष दिनुभन्दा नेतृत्ववर्गबाट पनि त्यसतर्फ खासै पहल, प्रयास वा प्रयत्नहरु हुनपर्ने होइन र ?
–नागरिक समुहको भूमिका प्रायशः केही एनजीओ/आइएनजीओहरुसँग सम्बद्ध छ । राजधानीमा केही काम गरेको तर देशव्यापी रुपमा उनीहरुको केही काम भएको छैन । देशव्यापी रुपमा हेर्ने हो भने राम्रो वा नराम्रो गर्ने, राजनीतिक पार्टीहरुले नै मुख्य भूमिका खेलेका छन् ।
त्यसको अर्थ विप्लव र बैद्यहरुले भनेजस्तो यो व्यवस्थाको कुनै काम छैन भनेर गणतन्त्र र संविधान सवैको विरोध गर्ने होइन । त्यो सोचाइलाई हामी सही मान्दैनौं । त्यसका लागि प्रयत्न गर्नुपर्छ तर बीचको चरणलाई विरोध गरेरमात्रै हँुदैन । यो व्यवस्थाअन्र्तगत जति विकास सम्भव छ, जति प्रजातन्त्र सम्भव छ, त्यसका लागि कोशिस गर्दै जानुपर्छ ।
कुनै पनि परिवर्तनलाई संस्थागत गर्न, दिगो बनाउन र प्रभावकारी बनाउनका लागि पुरानो राज्यसत्ताका अवयवहरु, जस्तो कर्मचारीतन्त्र, प्रशासन, अड्डाअदालत, सेना, सुरक्षा निकायहरुमा परिवर्तनको पक्षमा आधारभूत रुपमै रुपान्तरण गर्न जरुरी हुन्छ र त्यो नगरिएको खण्डमा त्यसले प्रतिगमनलाई मलजल गर्न सक्ने खतरा सदैव रहन्छ । तपाईंको विचारमा यस दिशातर्फ नेपालमा कत्तिको कामहरु भएका छन् ?
पटक्कै भएका छैनन् ।
भएनन् चाहिँ किन ?
यो महत्त्वपूर्ण कुरा हो । पुरानो सत्ता र त्यसका अवयवहरु समाप्त नगरीकन, त्यसका वर्गीय आधारलाई समाप्त नगरिकन यो देशको पर्याप्त विकास, आर्थिक विकास र समृद्धि सम्भव छैन । अहिले बारम्बार भएका परिवर्तनहरु विद्यमान व्यवस्थाअन्र्तगत नै भएका छन् । केही राजनीतिक परिवर्तन भए, सत्ता र सरकारको स्वरुपमा परिवर्तन भए । तर पुराना अंगहरु जस्ताको त्यस्तै रहँदै आएका छन् । तिनले विकासमा बाधा पुर्याउदै आएका छन् । त्यसकारण हामी भन्छौं सम्पूर्ण परिवर्तन गर्ने काम नयाँ जनवादी क्रान्तिबाट मात्रै सम्भव छ । हाम्रो दीर्घकालीन र आधारभूत कार्यक्रम नयाँ जनवादी क्रान्ति हो ।
त्यसको अर्थ विप्लव र बैद्यहरुले भनेजस्तो यो व्यवस्थाको कुनै काम छैन भनेर गणतन्त्र र संविधान सवैको विरोध गर्ने होइन । त्यो सोचाइलाई हामी सही मान्दैनौं । त्यसका लागि प्रयत्न गर्नुपर्छ तर बीचको चरणलाई विरोध गरेरमात्रै हँुदैन । यो व्यवस्थाअन्र्तगत जति विकास सम्भव छ, जति प्रजातन्त्र सम्भव छ, त्यसका लागि कोशिस गर्दै जानुपर्छ ।
जस्तो महिला अधिकारको कुरा गर्नुहोस् । वितेका वर्षहरुमा महिलाको अधिकारमा बृद्धि भएको छ । त्यस्तै दलितमाथिको भेदभाव धेरै घट्दै गएको छ । जनजातिको विषयमा धेरै सुधार भएको छ । अरु थुप्रै सुधारात्मक र सकारात्मक परिवर्तन पनि भएका छन् । एकथरी क्रान्तिकारीहरुले यो सुधारलाई ध्यानै दिने होइन, खालि आमुल परिवर्तनमा मात्रै ध्यान दिनुपर्छ भनेर जोड दिन्छन् । हो, हामीले आमूल परिवर्तनमा जोड दिनै पर्छ तर सुधारात्मक परिवर्तनहरुलाई पनि साथसाथै लैजाने प्रयत्न पनि गर्दै जानु पर्छ । यो नै साँचो अर्थमा माक्र्सवादी लेनिनबादी सिद्धान्त हो ।
प्रतिगमनकै प्रशंङगमा अहिले चर्चामा रहेको इण्डो एशिया प्यासिफिकको छातामुनि पस्न भनेर अमेरिकाले नेपाललाई दवाव दिइरहेको छ । यो स्थितिमा त्यसले ल्याउने खतरा के के हुन सक्छ ?
साम्राज्यवादले आफ्नो विस्तारवादी नीति फैलाउदै लैजान प्रयास गर्छ, त्यो कुनै अनौठो कुरा हो । तर सत्य के पनि हो भने ृऊ बारम्बार हार्दै गएको छ । स्वयम अमेरिकाकै कुरा गर्दा ओवामाका पालामा भन्दा अहिले विरोध बढेर गएको छ । अमेरिकाभित्रै पनि असन्तुष्टी बढेको छ, बाहिर पनि बढेको छ । अमेरिकाले कुनै नीति लिएपनि त्यसलाई कार्यान्वयन गर्न सक्ने स्थितिमा ऊ छैन । अर्कोतिर अमेरिकाकाविरुद्ध चीन रुस, भारत पनि आइरहेका छन् । त्यसकारण अमेरिकाले त्यो योजना बनाउदैमा सफल हुन्छ भन्ने कुरा होइन ।
तर इण्डो एशिया प्यासिफिकको नाममा अमेरिका अहिले खुलेरै नेपालमा आइरहेको छ । नेकपाका नेता देव गुरुङले त इण्डो एशिया प्यासिफिकका नाममा अमेरिकाले नेपालमा हुने प्रतिक्रान्तिलाई सघाउन पनि सक्ने, सैनिक अखडा नै राख्न सक्ने र चीनका विरुद्ध अभियान परिचालन गर्न सक्ने आशंका सदनमा तथा सार्वजनिक रुपमै व्यक्त गरिसक्नुभएको छ । तपाईं आफैं चाहिँ त्यो सम्भावना कतिको देख्नुहुन्छ ?
अमेरिकाले चाहँदैमा त्यो कार्यान्वयन हुन्छ भन्ने हामीलाई लाग्दैन । नेपालको भुराजनीतिक अवस्थिति जुन छ वफर जोनको रुपमा छ । दुई छिमेरी राष्ट्रहरु भारत र चीनका बीचमा यो अवस्थित छ । उनीहरुले अमेरिकाका योजनालाई साथ समर्थन दिँदैनन् । त्यसकारण उ सफल हुन्छ भन्ने लाग्दैन ।
चीनको विआरआई, अमेरिकाको इण्डो एशिया प्यासिफिक रणनीति र भारतको हिन्दु राज्यको अवधारणाको चेपुवामा पिसिनबाट बच्न नेपालले के गर्नुपर्ला ?
चेपुवामा पर्छ । तर त्यसको फाइदा पनि हुन्छ । यस्तो वेलामा कयौपटक हाम्रो शक्तिले नसक्दा बाहिरको शक्तिले पनि मद्दत पुर्याएका हुन्छन् । अमेरिका र चीनबीच प्रतिस्पर्धा हुन्छ हामीलाई मद्दत पुगिरहेको हुन्छ । चीन र भारतबीच प्रतिस्पर्धा हुन्छ हामीलाई मद्दत पुगिरहेको हुन्छ ।
विप्लवहरुलाई प्रतिवन्ध लगाउने कुराको हामीले सुरुवाटै विरोध गरेका हौ । संविधानअनुसार पनि कुनै एउटा पार्टीलाई प्रतिवन्ध लगाउनु गलत हो भनेर विरोध गरेका हौ । कसैले गलत काम गर्छ भने कानुनअनुसार कारवाही गर्नुपर्छ । पार्टीलाई प्रतिवन्ध लाउनुलाई सही मान्न सकिँदैन ।
नेपालका बाम शक्तिहरु छरिएर, छितरिएर विपरीत दिशातिर मुख फर्काएर बसेका छन् । यस्तो अवस्थामा अन्तर्राष्ट्रिय शक्तिहरुले नेपालको तरल राजनीतिक अवस्थामा खेल्ने मौका पाउछन् जस्तो लाग्दैन ?
त्यसैकारण त्यस्तो नहोस् भनेर हामीले काँग्रेस, राप्रपा, मधेसवादीभन्दा अलग रहेर अहिलेको सरकारलाई समर्थन गरेका छौ । देश रहे कम्युनिष्ट रहन्छन् । कमसेकम यो बामपन्थी सरकार हो । यसलाई हामीले समर्थन गरेका छौं र सरकारले कुशलतापूर्वक आफ्नो भूमिका निर्वाह गर्नुपर्छ भनेका हौ । कम्युनिष्टहरुले राम्रो भुमिका खेल्न सकेनन् भने त्यसको दुश्परिणाम देशले भोग्नुपर्ने हुन्छ । त्यसको कुनै विकल्प छैन ।
तपाई नेपालको कम्युनिष्ट आन्दोलनको गुरु नै हुनुहुन्छ । विप्लवजीले लिएको बाटो सही वा गलत अलग बहसको विषय हो, तर उहाँहरु राजनीतिक शक्ति नै हुनुहुन्छ । त्यो कुरा त मान्नुहुन्छ तपाई ? अनि सरकारले विप्लवको पार्टीलाई संविधानविपरीत प्रतिबन्ध लगाउँदा तपाईहरुले विज्ञप्ति निकाल्नुबाहेक केही गर्नुभयो कि ?
पहिलो कुरा हामी कम्युनिष्ट आन्दोलनमा गुरुचेला भनेर मान्दैनौ । धार्मिक सम्प्रदायहरुमा मात्रै गुरुचेला भन्छन् । कोही पहिला आए होलान केही पछि आए होलान । त्यसकारण केही पहिला नेतृत्वमा गए पनि होलान् । त्यो अर्कै कुरा भयो । तपाइले भनेजस्तो हामी गुरुचेला मान्दैनौं ।
अर्को विप्लवहरुलाई प्रतिवन्ध लगाउने कुराको हामीले सुरुवाटै विरोध गरेका हौ । संविधानअनुसार पनि कुनै एउटा पार्टीलाई प्रतिवन्ध लगाउनु गलत हो भनेर विरोध गरेका हौ । कसैले गलत काम गर्छ भने कानुनअनुसार कारवाही गर्नुपर्छ । पार्टीलाई प्रतिवन्ध लाउनुलाई सही मान्न सकिँदैन । अहिले विप्लव पक्ष भनेर गरिएका धरपकडहरुको पनि हामीले सदनमा र सार्वजनिक रुपमा विरोध गर्दै आइरहेका छौं । हामीले गर्ने भनेकै त्यही हो ।
तपाईंले सरकारका नेतृत्व तहलाई व्यक्तिगत रुपमा भेटेर त्यस्तो कुनै दवाब दिने वा यस्तो नगर भनेर सम्झाउने काम गर्नुभएको छैन ?
त्यस्तो भेट्ने काम हामीले गरेका छैनौ । प्रचण्डसँग पनि अथवा केपी ओली कसैसँग भेट्ने काम भएको छैन । ओलीसँग त चुनाव पहिले मात्रै भेट भएको थियो । चुनावपछि त एकपटक पनि भेट भएको छैन ।