गल्याङ, २७ चैत्र ।
मानवताको सेवा जीवनको सर्बोत्तम कार्य हो भन्ने आस्था र विश्वासका साथ क्रियाशिल गल्याङ जेसीजले कोरोना संक्रमणसंग जुध्न गल्याङ नगरपालिकाले स्थापना गरेको कोभिड १९ प्रकोप व्यवस्थापन कोषमा नगद सहयोग गरेको छ ।
गल्याङ जेसिजले आजै नगरपालिकाका प्रमुख भुपराज अधिकारी, प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद पाण्डे मार्फत कोषमा ११ हजार रुपैयाँ नगद हस्तान्तरण गरेको गल्याङ जेसीजका महासचिव खगेन्द्र भण्डारीले जानकारी दिए ।
नगरपालिकाले विश्वव्यापी संकटका बेला स्थापना गरिएको राहत कोषका लागि जेसीजका साथिहरुको सामुहिक प्रयासवाट रकम जम्मा गरी हस्तान्तरण गरिएको गल्याङ जेसीजका अध्यक्ष दर्बेन्द्रदेब खनालले बताए ।
देशका विभिन्न ठाँउहरुमा रहेका जेसीजका शाखाहरुले मुलुकलाई परेको विपतका बेला कुनैपनि जनता भोकमरीको अवस्था नआओस भन्दै राहतका लागि लागिरहेको उनले जानकारी दिए । जेसीज सामाजिक सस्था भएको र सबै साथिहरुले खुशी मनका साथ गर्नु भएको सहयोगले नगरपालिका भित्र रहेका अति विपन्न परिवार, दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई उद्दार हुनेमा विश्वस्थ रहेको बताए।
नगर प्रमुख भुपराज अधिकारिले जेसिजको सहयोग नगरपालिकाको लागि ठुलै राहत हुने बताउदै सदैव जेसिज अभियानमा साथ दिने प्रतिबद्धता ब्यक्त गरे।
हस्तान्तरण समारोहमा गल्याङ जेसिजका महासचिव खगेन्द्र भण्डारी, कार्यकारी उपाध्यक्ष ऋषि बस्याल, कानुनी सल्लाहकार, उपाध्यक्षहरु लगाएत जेसिज पदाधिकारीहरुको उपस्थिति रहेको कोषाध्यक्ष सुनिल पाठकले जानकारी दिएका छन।