वालिङ, ८ चैत्र ।
वालिङमा क्रियाशिल लियो क्लब अफ वालिङ सिटीको साधारणसभा तथा अधिवेशनले दिक्षान्त प्रताप खाँणको नेतृत्वमा नयाँ कार्यसमिती चयन गरेको छ । वालिङमा सम्पन्न अधिवेसनले सन २०२०/०२१ का लागि खाँणको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन गरिएको क्लवले जनाएको छ ।
अधिवेशनवाट अध्यक्षीय सल्लाहकारमा विशाल बगाले, प्रथम उपाध्यक्षमा सुमना लामिछाने, द्धितिय उपाध्यक्षमा खुम शर्मा विपुल, तृतिय उपाध्यक्षमा प्रज्वल रनपाल, सचिवमा हरि रेग्मी, सहसचिवमा नेत्रबहादुर खत्रि, कोषाध्यक्षमा इन्द्रा श्रेष्ठ एन्जल, पिआरओमा सरोज लम्साल, क्लब निर्देशकमा मणि सुवेदी, सचेतकमा समिर श्रेष्ठ, संरक्षकमा किशोर बस्याल, कमिटि चियर पर्सनमा सिद्धान्तप्रताप खाँणलाई चयन गरेको छ ।
कार्यक्रममा लायन्स क्लबका पुर्व अध्यक्ष तथा ३२५ बि वान चिल्ड्रेन अवारनेस प्रसन चेतनारायण श्रेष्ठले क्लब स्थापनाको छोटो समयमानै सामाजिक तथा रचनात्मक कार्यमा परिचित भएको भन्दै प्रशंसा गरेका थिए ।
त्यस्तै लायन्स क्लबका अध्यक्ष देवेन्द्र प्रसाद भट्टराईले युवाहरुको क्रियाशिलता प्रति आफूहरुका सदैव साथ र सहयोग रहने बताएका थिए । कार्यक्रममा शिक्षक नवराज पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
लियो क्लब अफ वालिङ सिटीको बर्ष २०१९/ २० का अध्यक्ष विदुषा बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मणि सुवेदी र सञ्चालन सचिव हरि रेग्मीले गरेका थिए ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष खाँणले युवाको नेतृत्व विकास गर्दै सकरात्मक कार्यमा उत्प्रेरित गराउन आफ्नो नेतृत्व क्रियाशिल रहने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले क्लवको अधिवेशन सफल पार्न सहयोग गर्ने सम्पूर्ण लायन्स क्लव अफ वालिङ सिटीका अभिभावकहरु, लियो क्लवका साथीहरु प्रति आभार व्यक्त गरेका थिए ।