भवानी अधिकारी
स्याङ्जा, १२ फागुन ।
असिना पिडित कोल्माबासीलाई नगद सहित राहत सामाग्री प्रदान गरिएको छ । गतबर्ष जेठको अन्तिम साता परेको असिना पानीले कोल्माका १८ घरधुरी सहित धेरैका अन्नवालीमा क्षति प¥याएको थियो ।
पुतलीबजार नगरपालिका वडा नं. ९ कोल्माका १८ घरधुरीलाई पुतलीबजार नगरप्रमुख सीमा क्षेत्री, प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ र नेपाल रेडक्रस सोसाइटी स्याङजा शाखा प्रमुख दिनेश अर्यालले कोल्मामा पुगेर संयुक्तरुपमा राहत सामाग्री हस्तान्तरण गरिएको छ ।
पुतलीबजार नगरपालिकाका प्रमुख क्षेत्रीले १२ वण्डल जस्ता पाता, विपद ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रजिअ कुरुम्वाङले प्रति परिवार ५÷५ हजार नगद सहित रेडक्रसका मन्त्री अर्यालले प्रति परिवार एक÷एक वटा त्रिपाल दिईएको छ । यसअघि पुतलीबजार नगरपालिकाका ५० हजार मुल्य बराबरको मकैको वीउ प्रदान गरिसकेको जनाएको छ ।
असिनापानीले क्षति पु¥याएको गुनासो आएपछि वडा अध्यक्ष लीलप्रसाद गुरुङ लगायतको जनप्रतिनिधीले घरघरै पुगेर निरीक्षण गरि आवश्यकता अनुरुपको जस्ता पाता उपलब्ध गराइएको अध्यक्ष गुरुङले जानकारी दिए ।
असिनाले टिनका जस्तापाता प्वाल पारेको पिडितको भनाई छ । रेडक्रसले यसअघि पनि त्रिपाल लगायतको सहयोग गरेको जनाएको छ । अव पनि घर मर्मतका बेला विपद पर्न सक्ने भन्दै अहिले पनि एक÷एक थान त्रिपाल उपलब्ध गराएको रेडक्रसको भनाई छ ।
राहत बितरण कार्यक्रममा पुतलीबजार नगरप्रमुख सीमा क्षेत्री, प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ, रेडक्रस शाखाका मन्त्री दिनेश अर्याल, कोल्मा सामुदायिक क्याम्पस प्रमुख कृष्णबहादुर गुरुङ लगायतले उपलब्ध सामाग्री राहत स्वरुप उपलब्ध गराइएको जनाउदै उपलव्ध सामाग्रिको सदुपयोग गर्न आग्रह आग्रह गरिएको थियो ।
वडा अध्यक्ष लीलबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कोल्मा बराहचौर माविका शिक्षक कृष्णबहादुर गुरुङले गरेका थिए ।