भीरकोट, ३ फागुन ।
“समृद्ध भीरकोट महोत्सवको आधार, कृषि, पर्यटन, आँधीखोलाको उपहार” भन्ने मूल नाराका साथ भीरकोट नगरपालिका वडा नं १ बयरघारी बजारमा फागुन १ गते देखि सञ्चालन भइरहेको दास्रो भीरकोट कृषि, पर्यटन तथा सुचना प्रविधि महोत्सव २०७६ मा भीरकोट नगरपालिकाले डिजिटल सुचना केन्द्रको स्टल स्थापना गरेको छ।
पूर्व उपप्रधान एंव शिक्षामन्त्री गोपालमान श्रेष्ठद्वारा भीरकोट नगरपालिकाको डिजिटल सुचना केन्द्रको उद्घाटन गरिएको थियो। डिजिटल सुचना केन्द्र समुद्घाटन कार्यक्रम कार्यक्रममा बोल्दै नगर प्रमुख छायाराम खनालले सूचना केन्द्रमा प्रयोग गरिएको भिजुयल डिस्प्ले बोर्ड मार्फत नगरपालिका भित्रका हरेक विकाशका गतिविधि, भौतिक पूर्वाधार, धार्मिक, ऐतिहासिक एवं पर्यटकीय क्षेत्र लगायतका स्थानहरुको सेवाग्राहीले प्रत्यक्ष अवलोकन गर्न पाउने बताएका थिए ।
कार्यक्रममा स्वागत मन्तब्य व्यक्त गर्दै भीरकोट नगरपालिकाकी नगर उप प्रमुख सिमा केसी कर्माचार्यले प्रविधिमैत्री नगरपालिका निर्माण गर्न र नागरिकले प्राप्त गर्ने सेवा सुविधा अव डिजिटल प्रविधिवाट जानकारी लिन सकिने वनाउन र यसको प्रचार प्रसारका लागि महोत्सव स्थलवाट उद्घाटन गरिएको वताइन।
उक्त कार्यक्रम भीरकोट नगरपालिकाका योजना अधिकृत याम प्रसाद रेग्मीले संचालन गर्नु भएको थियो। २/२ मिटरको चार क्याबिनेट सहितको उक्त डिस्प्ले बोर्ड दोस्रो भीरकोट महोत्सव २०७६ अवधिभर दर्शकहरुको लागि महोत्सवमा राखि बिभिन्न शिर्षकमा तयार गरिएका वृत्तचित्र, विविध कार्यक्रमका फोटोहरु, महोत्सवको गतिविधिहरुको प्रत्यक्ष प्रसारण गरिने र पछि आवस्यकता अनुसार विविध स्थानमा डिस्प्लेका लागि प्रयोग गरिने कुरा भीरकोट नगरपालिकाका सुचना प्रविधि अधिकृत कमल रेग्मीले जानकारी दिए ।