काठमाडौं, २८ माघ । बङ्गलादेशको दक्षिण भागमा रहेको समूदमा मङ्गलबार बिहान भएको एक डुङ्गा दुर्घटनामा परी १४ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौँ वेपत्ता भएका सरकारी अधिकारीले जनाएका छन् ।
रोहिङ्ग्या मुसलमान शरणार्थी बोकेको सो डुङ्गा दुर्घटना भएको बताइएको छ । दुर्घटना भएको डुङ्गामा १ सय ३० व्यक्ति सवार रहेका जनाइएको छ ।
बङ्गालको खाडी पार गरेर मलेसियातर्फ गइरहेको सो डुङ्गा दुर्घटना भएको तटीय गार्डका प्रवक्ता हमीदुल इस्लामले जानकारी दिए ।
यस दुर्घटनाबाट करिब ७० व्यक्तिलाई जीवितै उद्धार गरिएको पनि एएफपीले जानकारी दिएको छ ।