चापाकोट, १० माघ ।
चापाकोट नगरपालिकाका नगरप्रमुख शिव कुमार गिरिले विकास निर्माणमा सबैले साथ दिन नगरबासीलाई आग्रह गरेका छन् । गह्रौकालिका चापाकोट १ मगरेले आयोजना गरेको क्लबस्तरीय भलिबल प्रतियोगिताको समापन समारोहमा गिरिले विकास निर्माणमा आफू सक्रिय भएर लागेको हुँदा सबैलाई सहयोग गर्न आग्रह गरेका हुन ।
कार्यक्रममा बोल्दै नगरप्रमुख गिरिले चापाकोट नगरपालिकाले खेलकुदमा ठुलो लगानी गरेको हुँदा युवा खेलाडीहरुलाई अनुशासित भएर खेल खेल्न अनुरोध गरेका छन् ।कार्यक्रममा युवा नेता प्रदिप गिरि, सामाजिक परामर्श दाता राजकुमार मल्ल, कार्यपालिका सदस्य सुर्य माझी वडा नम्बर १ का अध्यक्ष टिकाराम तिवारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । क्लबका अध्यक्ष मीन बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन युवराज थापाले गरेका थिए ।
माघ १ गतेबाट सुरु भएको खेल शुक्रवार समापन गरिएको हो । भलिबल प्रतियोगितामा प्रथम जि यम समाज, दोस्रो आयोजक र तेस्रो तल्लो ताप्के भएका छन् । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमश ४० हजार २५ हजार १५ हजार नगद प्राप्त गरेका छन् ।