वालिङ, ५ माघ ।
वालिङ नगरपालिका वडा नम्वर १० मदिखोलामा मौसमी तथा बेमौसमी तरकारी खेती सम्वन्धी तालिम शुरु भएको छ ।
युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोगमा दियालो संस्थाद्धारा सञ्चालित “सीप तालिम कृषि तथा उद्यम बिकासद्धारा आर्थिक सशक्तिकरण परियोजना अन्तरगत स्थानीय हरियाली महिला कृषक समुहका सदस्यहरुलाई तालिम दिईएको हो । तालिमको उद्घाटन गर्दै वडा सचिव दिपेन्द्र गैह्रेले व्यवसायिक बन्न चाहने कृषकहरुका लागि वडाले समेत सहयोग गर्ने बताएका छन् ।
परियोजना प्रमुख राधाकृष्ण डुम्रेले कार्यक्रमको बारेमा जानकारी गराएका थिए । भने मदिखोला तरकारी तथा फलफुल बहुउद्देश्यीय सहकारीकी अध्यक्ष कल्पना गौतम पंगेनी, कार्यक्रमका बजारीकरण प्रमुख गंगाधर खनाल लगायतले आ आफ्नो धारणा राखेका थिए ।
कार्यक्रम हरियाली महिला कृषक समुहका अध्यक्ष कलादेवी डुम्रेको सभापतित्वमा र दियालोका कृषि प्राबिधिक स्वयंसेवक गोमा खनालको सञ्चालनमा सम्पन्न भएको थियो । सोमवार सम्म चल्ने तालिममा कृषि प्राबिधिक गिता खनाल , शोभाकान्त पाण्डे लगायतले सहजीकारण गरेका थिए ।