माधव भट्टराई
चापाकोट, ४ माघ ।
नेपाल राष्ट्रिय मगर संघ चापाकोट नगर समितीको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले ढकवहादुर थापाको संयोजकत्वमा १७ सदस्यीय नयाँ कार्यसमिती चयन गरिएको छ । अधिबेशनको गण्डकी प्रदेश सभा सदस्य भागवत प्रकाश मल्लले उद्घाटन गर्दै सम्पूर्ण जात जातीको
हकअधिकारको रक्षा र कला, संस्कृतीको संरक्षणका लागि एकताको आवश्यकता रहेको बताएका छन् । बहुजातिय बसोबास रहेको मुलुकमा एकताले मात्रै देशको बिकास सम्भव रहेको बताएका हुन् ।
नेपालमा रहेका सम्पूर्ण भाषा, धर्म, भेषभुषा, संस्कृती यहाँको राष्ट्रिय पहिचान भएकाले त्यसको संरक्षणमा सबै लाग्नुपर्ने बताए । प्रदेश सभा सदस्य मल्लले जातीय, धार्मीक सद्भाव कायम गर्दै संबिधान कार्यान्वयनमा जुट्न आग्रह गरेका छन् ।
कार्यक्रममा नेपाली काग्रेस क्षेत्र २ का क्षेत्रीय सभापति देब बहादुर खाँण ईश्वर , नेपाल राष्ट्रिय मगर संघ गण्डकी प्रदेश उपाध्यक्ष चन्द्र राना , नेपाली काग्रेस चापाकोट सभापति रामचन्द्र पङ्ज्ञानी , नेपाल राष्ट्रिय मगर संघ केन्द्रिय सदस्य सेर बहादुर थापा लगाएतले मन्तव्य राखेका थिए ।
कार्यक्रम नेपाल राष्ट्रिय मगर संघ स्याङ्जाका अध्यक्ष बिक्रम सारुको अध्यक्षता भएको कार्यक्रममा स्वागत नेपाल राष्ट्रिय मगर संघ स्याङ्जाका उपाध्यक्ष दिल बहादुर थापाले र संचालन सचिव बिष्णु बहादुर मस्रागिले गरेका थिए ।
अधिबेशनले ढक बहादुर थापाको अध्यक्षतामा १७ सदस्यीय नेपाल राष्ट्रिय मगर संघ चापाकोट नगर कार्य समिति गठन गरिएको छ । जसको उपाध्यक्ष भिम बहादुर थापा ,सचिव बिरेन्द्र सारु, सहसचिव प्रेमवहादुर सिंजाली, कोषाध्यक्ष सरस्वती राना, सदस्यहरुमा रेशमवहादुर थापा, सारदा आले, हेमबहादुर राना, लोकवहादुर राना, दलबहादुर थापा, माया राना, विष्णुवहादुर थापा, भेलवहादुर सोती, सीता मसराङ्गी, देवी थापा, सुवि राना र यामबहादुर थापा चयन भएका छन् ।