स्याङ्जा, २९ पौष ।
माघे संक्रान्ती पर्वको पूर्व सन्ध्यामा बाडखोला प्रगतीनगर मगर समाज बाडखोलाले र्याली सहित शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
पुतलीबजार नगरपालिका ३ स्थित बाडखोलामा रहेको आफनै भवनमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमको उदघाटन गर्दै संघीय संसद नारायणप्रसाद मरासीनीले माघे संक्रान्ती सबैको पर्वको रुपमा मनाउनुपर्ने बताउदै नेपाली कला, संस्कृती र परम्परालाई जर्गेर्ना गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका कार्यवाहक सभापति कुमार राना, वडा अध्यक्ष अमृतप्रसाद श्रेष्ठ, गण्डकी प्रदेश मगर संघका सचिव हेमन्त थापा मगर, जिल्लाका कोषाध्यक्ष लक्ष्मी थापा लगायतले शुभकामना ब्यक्तगर्दै माघे संक्रान्तीलाई राष्ट्रिय पर्वका रुपमा मनाउनु पर्नेमा जोड दिएका थिए ।
वाडखोला मगर समाजका अध्यक्ष भरत रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य गीता रानाले स्वागत एवं सदस्य खुमबहादुर रानाले संचालन गरेका थिए । मगर भेषभुषा सहित सजिएका युवा युवती सहितको र्याली बिष्णु पधेराबाट निस्केर बाडखोलमा पुगेर सभामा परिणत भएको थियो