वालिङ, १७ पौष ।
वालिङ नगरपालिकाका दुई गाउँमा आज कम्मल वितरण गरिएको छ । वालिङ वडा नं. १४ को लंकाकोट र ११ को प्रितिपमा २५/२५ गरी ५० वटा कम्मल तथा न्यानो कपडा वितरण गरिएको हो ।
समाजसेवी रामकुवेर देवसीको जन्मोत्सवका अवसरमा प्राप्त भएको कम्मल वितरण गरिएको हो ।
आज लंकाकोटमा आयोजित कार्यक्रममा बोल्नुहुँदै वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले न्यानो कपडा वितरण मात्रै नभई हरेक विकास निर्माणमा नगरपालिका सँगसँगै रहेको बताए । नगर प्रमुख खाँणले आर्थिक समृद्धिको पाटोतर्फ उन्मुख हुनकालागि अब उत्पादनसँग जोडिनु आवश्यक रहेको समेत उल्लेख गरेका थिए ।
त्यस्तैगरी वालिङ ११ प्रितिपमा २५ घर परिवारलाई कम्मल वितरण कार्यक्रममा वडा नं. ११ का वडा अध्यक्ष बसन्तकुमार मल्लले यस ठाउँमा न्यानो कपडा वितरणका लागि छनौट गरेकोमा नगरपालिका र नगरपालिका मार्फत वितरण गर्न नगरपालिकालाई कम्बल प्रदान गुर्नुहुने देवसीलाई धन्यवादन ब्यक्त गरेका थिए ।
कार्यक्रममा पल्लव शिक्षा निर्देशक सफलराज भण्डारी, पल्लव शिक्षाका सिर्जना पोख्रेल, वालिङ नगरपालिकाका स्मार्ट विज्ञ विज्ञान घिमिरे, वडा सदस्य उमा विक लगायतले मन्तब्य ब्यक्त गरेका थिए।
वडा अध्यक्ष बसन्तकुमार मल्लको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन नेपाल शिक्षक संघका क्षेत्रीय सभापति डण्डपाणी पंगेनीले गरेका थिए ।