चापाकोट, २९ मंसिर ।
विद्यार्थी पुस्तक भण्डार काठमाण्डौको आयोजना तथा चापाकोट नगरपालिकाको व्यवस्थापनमा गुणस्तरीय शिक्षाका लागि चापाकोटमा एक दिने प्रशिक्षण सम्पन्न भएको छ । प्राथमिक तहका शिक्षकहरुका लागि अंग्रेजी माध्यमवाट पठन पाठन सम्वन्धि एक दिने शिक्षण सीप अभिवृद्धि तालिम स्थानीय गंगालाल मा.वि सुन्तलीटारमा सम्पन्न गरिएको हो ।
प्रशिक्षण कार्यक्रममा चापाकोट नगरपालिकाका प्रमुख शिवकुमार गिरीले शिक्षकहरु कक्षाकोठाको मेरुदण्ड भएको वताउदै शिक्षक परिवर्तन नभएसम्म शिक्षण सिकाइमा कुनै पनि परिवर्तन गर्न नसकिने वताएका छन्। शिक्षामा धेरै नयाँ–नयाँ प्रविधिहरु भित्रिसकेका छन् समय सापेक्ष नयाँ पुस्ताका विद्यार्थीहरुको आवश्यकता र क्षमता बुझेर शिक्षण सिकाई क्रियाकलाप बढाउन र गुणस्तरीय शिक्षा प्रदान गर्न सम्पूर्ण शिक्षकहरुलाई नगर प्रमुख गिरीले आग्रह गरेका छन् ।
चापाकोट नगरपालिकाका प्राथमिक तहका दुई सय सात जना शिक्षकहरुको सहभागीता रहेको तालिमको सहजीकरण विषय विज्ञहरु भीम प्रसाद न्यौपाने, खड्गराज अधिकारी, पुष्पराज पौडेल र राम गुरुङले गरेका थिए। तालिममा प्राथमिकतहका कक्षामा अंग्रेजी , गणित, विज्ञान ,सामाजिक विषय अंग्रेजी माध्यममा पठनपाठन गर्ने ज्ञान सीप सिकाईएको मुकुन्द प्रसाद डोटेलले जानकारी दिए ।
चापाकोट नगरपािलकाका शिक्षा शाखा प्रमुख हुकुम सिंह गुरुङको अध्यक्षतामा भएको तालिम गंगालाल मा. वि.का प्र.अ खेमराज भट्टराईको स्वागत मन्तव्य रहेको थियो भने, कार्यक्रममा विद्यार्थी पुस्तक प्रकाशनका व्यवस्थापक घनश्याम रिजालले तालिमको उद्देश्यका बारेमा प्रष्ट पारेका थिए ।