वालिङ, २८ मंसिर
विधिको शासन, विश्व बन्धुत्वको भावना र मानवताको सेवामा समर्पित यूवाहरुको व्यक्तित्व र नेतृत्व विकासमा अग्रणी सन् २००४ मा स्थापित वालिङ जेसीजको १७ औ साधारण सभा तथा १६ औं शाखा अधिवेशनले वर्ष २०२० का लागि होमकान्त गौतमको नेतृत्वमा नयाँ कार्यसमिती सर्वसम्मत चयन गरेको छ ।
अधिवेशनले कार्यकारीणी उपाध्यक्षमा अशोक तिवारी र सन्दिप कडेँल, उपाध्यक्षहरुमा अमृत बगाले, शंकर सुवेदी, राधा तिवारी र शंकर पौडेल सर्बसम्मत निर्वाचित भएका छन् । यसैगरी कानुनी सल्लाहकारमा धुब्र पंगेनीलाई मनोनित गरिएका छ ।
शनिवार वालिङ स्थित अमर होटलमा सम्पन्न अधिवेशनको उद्घाटन वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले गरेका थिए । उद्घाटन गर्दै नगर प्रमुख खाँणले युवाहरुलाई नेतृत्व र व्यक्तीत्व बिकास गर्नको लागि जेसिसले महत्त्वपूर्ण भुमीका खेलेको र सामाजीक कार्यहरु गर्दै समाजमा स्थापित भएकाले अझै बिबिध सामाजिक कार्यक्रम गर्न सुझाव दिएका थिए ।
उद्यमशीलताले मात्रै आर्थिक रुपमा सफल र सक्षम बन्न सकिने बताउँदै नगर प्रमुख खाँणले जेसिज युवाहरुको संस्था हो यसले उद्यमशीलताको नेतृत्व गर्नु पर्दछ । युवा पुस्ता नोकरी तर्फ नलागी उद्यम तर्फ लागेमा मात्रै देशमा संबृद्धि आउने उनको तर्क थियो ।
कार्यक्रममा वालिङ नगर प्रवक्ता केदार काफ्लेले जेसिज अभियानले युवाहरुलाई सफल नेतृत्वमा निखार ल्याएको वताएका थिए । हरेक वर्ष नेतृत्व परिवर्तन गरेर समाजमा क्रियाशिल गराउने जेसीजवाट सबै संस्थाले पाठ सिक्नुपर्ने वताउर्दै संस्थाको उद्देश्य भित्र रहेर यूवाहरुको नेतृत्व र आर्थिक विकासमा लाग्न जेसीजमा लागेका यूवाहरुलाई आग्रह गरेका थिए ।
कार्यक्रममा वालिङ जेसिजका निर्वतमान् अध्यक्ष याम प्रसाद अधिकारीले युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्दै अगाडी वढेको वालिङ जेसीजले यूवाहरुलाई तालिमको माध्यमवाट सहि गोरेटोमा लगाइरहेको वताएका थिए । भीरकोट र गल्याङमा समेत वालिङ जेसिजकै मातृत्वमा नयाँ शाखा स्थापना गरेर यूवाहरुलाई सकारात्मक परिवर्तनमा जोड्ने अभियानमा लागेको वताएका थिए ।
बर्ष २०१९ लाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने सम्पूर्णलाई धन्यवाद दिर्दै शाखाका अध्यक्ष राजु तिवारीले वर्ष २०२० अझ चुनौतीपूर्ण रहेको वताएका थिए । उनले आगामी वर्ष वालिङ जेसीजले आयोजना गर्ने क्षेत्र ख सम्मेलनले वालिङ नगरपालिकाको पहिचान र विकासमा टेवा पुग्ने वताएका थिए । अध्यक्ष राजु तिवारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन महासचिव धु्रव पंगेनीले गरेका थिए।
साधारण सभाको वन्द सत्रमा संस्थाको प्रगती प्रतिवेदन संस्थाका महासचिव धु्रव पंगेनीले प्रस्तुत गरेका थिए भने, आर्थिक प्रतिवेदन कोषाध्यक्ष अमृत बगालेले प्रस्तुत गरेका थिए ।
अधिवेशनवाट नव निर्वाचित कार्यसमितीको घोषणा गर्दै निर्वाचन अधिकृत तथा वालिङ जेसीजका पूर्व अध्यक्ष भिमप्रसाद पंगेनीले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । भने नबनिर्बाचित अध्यक्ष गौतमले जेसिसले आगामी दिनमा युवाको ब्याक्तित्व बिकासका साथै समाजका हरेक बर्गसंग सहकार्य गरि अगाडी बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए । सबै खाले चुनौतिको सामना गर्दै आगामी वर्ष वालिङ जेसीजको गरिमालाई थप उचाईमा पुर्याउने प्रतिवद्धता व्यक्त गरेका थिए ।