चापाकोट, २२ मंसिर ।
महिलाहरुलाइृ उद्दमशीलतामा लगाई आत्मनिर्भर गराउने उद्देश्यले चापकोट नगरपालिकाले एक महिने बुटिक तालिम शुरु गरेको छ । जनजागरण महिला समूह चापाकोट नगरपालिका वडा नम्बर ८ दामाचौरको आयोजना र चापाकोट नगरपालिकाको आर्थिक सहयोगमा एक महिने बुटिक तालिम शुरु भएको हो ।
तालिमको शुभारम्भ गर्दै नगर प्रमुख शिवकुमार गिरीले तालिम लिएपछि यहाँका महिलाहरुले आफूले सिकेका कुरा व्यवहारमा उतारी आत्मनिर्भर बन्नेतर्फ अग्रसर हुनुपर्ने वताएका थिए । समाज रुपान्तरणका लागि यस्ता खालका आयआर्जन सम्वन्धी तालिम महत्वपुर्ण बन्ने उनको भनाई थियो ।
तालिमको सहजीकरण सरस्वती सेन र शान्ति सेनले गरेका छन् । उनीहरुलाई नगरपालिकाले दिएको बुटिक तालिमवाट उत्कृष्ठका आधारमा छनौट गरी समुहमा तालिमको सहजीकरण गर्ने जिम्मा दिइएको हो ।
कार्यक्रममा नगर सल्लाहकार ज्ञानेस्वर बस्ताकोटी, कार्यपालिका सदस्य सुर्यमाझी लगायतले सिप सिकेर आयआर्जन गर्न सबैलाई आग्रह गरेका थिए । समूहका अध्यक्ष बिष्णु भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सरस्वती खनालको स्वागत र मिरा अर्यालले सञ्चालन गरेकी थिइन् ।