एशिव शरण महत
भीरकोट, १२ मंसिर ।
भिरकोट नगरपालिकाले नगर भित्र पूर्वाधार निर्माणमा जोड दिएको छ । विभिन्न सभा समारोह गर्नका लागि उपयुक्त हलको अभाव भैरहेको अवस्थामा भीरकोट नगरपालिका वडा न २ स्थित कृषि सेवा केन्द्र सपौदेमा तिन सय जना क्षमताको सुविधा सम्पन्न सिटीहलको आज नगर प्रमुख छाँयाराम खनालले शिलन्यास गरेका छन् ।
शहरी विकास तथा भवन निर्माण मन्त्रालय अन्र्तगत संघीय आयोजना कार्यान्वयन इकाई कास्की शाखाको सहयोगमा सिटीहल निर्माण गर्न लागिएको शिलन्यास कार्यक्रममा जानकारी गराइएको छ । नगर प्रमुखले पुजा आरधना गरी शिलन्यास गरेका हुन् ।
शिलन्यास पछि नगर प्रमुख खनालले संघिय सरकारले सिटिहल निर्माणको लागी वजेटको व्यवस्था गरेकोमा धन्वाद व्यक्त गर्दै सुविधा सम्पन्न सिटीहल निर्माण पछि भिरकोटमा हुने धेरै कार्यक्रमहरु सहजरुपमा सन्चालन हुने वताए ।
नगर प्रमुख खनालले भने, ‘नगर पालिकाले पूर्वाधार निर्माणमा जोड दिएका छौ, यो हल पनि पूर्वाधार मध्येको एक हो ।’ निर्वाचनका बेला गरेको प्रतिवद्धताहरु क्रमश पुरा गर्दै गइरहेको वताउदै नगर प्रमुख खनालले यही कार्यकालमा नगरपालिका भित्र सवै वाडमा सुविधा सम्पन्न वाड भवन, नगरपालिकाको कार्यालय भवन निर्माण र प्रत्येक वाडमा जाने वाटोको स्तरउन्नती गर्दे जाने बताए । नगरवासीलाई जनप्रतिनिधि प्रतिको विश्वास अझ मजवुद बनाउदै लैजाने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।
सिटीहल शिलान्यास कार्यक्रममा जनप्रतिनिधि, विभिन्न राजनैतिक दलका प्रतिनिधि, कर्मचारी, विभिन्न संघ सस्थाका प्रतिनिधि र स्थानीयहरुको उपस्थिती रहेको थियो ।
आगामी मंसिर भित्र सम्पन्न हुने सिटीहलको लागत चार करोड ७६ लाख ४६ हजार २० रुपैया रहेको छ । सिटीहल निर्माणको जिम्मा रविना फूजोर कन्ट्रक्सन काठमाडौले पाएको छ । शिलान्यास कार्यक्रमको संचालन नगरपालीकाका योजना अधिकृत यामप्रसाद रेग्मीले गरेका थिए ।