वालिङ, ७ मंसिर ।
मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो भन्ने आस्था वोकेको वालिङ जेसीज र बोलबम समिती वालिङको संयुक्त पहलमा वालिङमा संकलन गरिएको खाद्यन्न शनिवार अमोर सेवा आश्रम फेदीखोला र पोखराको छोरेपाटनमा रहेको मानव सेवा आश्रम पोखरालाई हस्तान्तरण गरिएको छ ।
सामाग्री हस्तान्तरण गर्दै बोलबम समितीका अध्यक्ष दिपेन्द्र तिवारीले समाजमा दुख पीडामा रहेका समुदायलाई सहयोग गर्ने धर्म सस्कृतिको जगेर्नाका निमित्त स्थापित संस्थाले समय समयमा यस्ता समाजिक कार्य गर्दै आइरहेको जानकारी दिए । बालवालिकालाई संरक्षण गरी अमोर सेवा आश्रमले गरेको उत्कृष्ठ कार्यको प्रशंसा गर्दै अमोर सेवा संग हातमा हात मिलाउन बोलबम समितीले खाद्यन्न लिएर आएको जानकारी दिए । आश्रमकी सन्चालक कमला पराजुलीलाई खाद्यन्न हस्तान्तरण गरिएको थियो ।
उता वालिङ जेसीजका अध्यक्ष राजु तिवारीले पोखरा स्थित मानव सेवा आश्रममा जेसिजद्धारा संकलित खाद्यन्न हस्तान्तरण गर्दै मानवताको सेवा जीवनकै सबैभन्दा ठूलो धर्म रहेको उल्लेख गर्दै मानव सेवा आश्रमले मानवताको सेवामा पुर्याएको योगदानको उच्च प्रसंशा गरेका थिए । जेसीजले मानव सेवा आश्रम संगको सहकार्यमा वालिङ नगरपालिकाका सडकमा रहेका मानवहरुलाई आश्रमसम्म पुर्याउन सहयोग गर्दे आइरहेको बताए ।
सो अवसरमा वोल्दै मानव सेवा आश्रम पोखराका राजन सापकोटाले मानसिक सन्तुलन गुमाएका र आफन्तबाट पिडित बनेर सडकमा वेवारिसे जीवन विताइरहेका हरुका लागी बास बस्ने वातावरण वनाएको मानव सेवा आश्रमलाई सामाजिक क्षेत्रमा अग्रसर वालिङ जेसीजले सहयोग गरेर ठूलो गुन लगाएको वताए । सामाजिक क्षेत्रमा क्रियाशील क्लव तथा संघ सस्थाहरुको सहयोगबाट नै मानव सेवा आश्रम सञ्चालन भइरहेको उनको भनाइ रहेको थियो ।