भीरकोट, २ असोज
स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकाले बयरघारी बजारमा वृहत सरसफाई तथा परिसम्वाद कार्यक्रम गरी संविधान दिवस मनाएको छ । नगर प्रमुख छाँयाराम खनालको नेतृत्वमा उक्त कार्यक्रम गरिएको हो ।
विहानै हातमा पञ्जा र मुखमा माक्स लगाएर जनप्रतिनिधि, कर्मचारी, राजनितिक दलका नेता तथा कार्यकर्ता, प्रशासनका कर्मचारी, उद्योगी व्यापारी, टोल विकास संस्था पत्रकार लगाएत स्थानीयवासीहरु सरसफाई कार्यक्रममा राष्ट्रिय झण्डा सहित सरिक भएका थिए । यो दृष्यले संविधान दिवसको अवसरमा नयाँ रौनक थपेको थियो ।
सरसफाई पश्चात नगरपालिकाले सहभागीहरु संग संविधान सम्वन्धी परिसम्वाद र अन्तरक्रिया कार्यक्रम गरेको थियो । कार्यक्रममा वोल्दै नगर प्रमुख छाँयाराम खनालले संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान जारी भएपछी सवै वर्गको उत्थान भएको र सवै वर्गलाइ समेटेको भन्दै सवैधानीक अधिकार प्राप्तीको लागी सवै अग्रसर हुनुपर्ने वताए । जनताको वलीदानीवाट प्रप्त उपलव्धीको रक्षार्थ सबै नेपालीले पहरेदार गर्नुपर्ने वताउदै खनालले भने,‘ संविधान कार्यन्वयन गर्न सकिएन भने देश असफल हुन्छ ।’
आगामी तिन वर्ष भित्र नगरको सवै वाडमा हुनुपर्ने विकास पूर्ण रुपमा सम्पन्नहुने भन्दै नगर वासीलाई ढुक्क भएर वस्न आग्रह समेत गरेका थिए । अवको केही दिनमा अन्य पालिकाका जनप्रतिनिधि र जनता भीरकोटको विकास र प्रगती हेर्न ओइरो लाग्ने खालका योजना सफल भैसकेको भन्दै देशकै नमूना नगरपालिका वन्ने विश्वास व्यक्क्त गरेका थिए ।
कार्यक्रममा वडा न. ४ का वडा अध्यक्ष चन्द्र वहादुर वस्नेत, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि गोविन्द कुमार कर्माचार्य, नेका भीरकोटका सभापती तोयनाथ अर्याल र भीरकोट उवासंघका अध्यक्ष भक्क्त वहादुर क्षेत्रीले नगरपालिकाले छोटो समयमानै अत्यन्तै उल्लेखनिय कार्य र हरेक राष्ट्रिय पर्वहरु मनाउने गरेकोमा खुसी व्यक्त गरेका थिए ।
नगर प्रमुख छायाराम खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत नगर उप प्रमुख सिमा केसी कर्माचार्यले र संचालन योजना अधिकृत याम प्रसाद रेग्मीले गरेका थिए ।