वर्षा पंगेनी
भिरकोट, २८ भदौ ।
१८ वर्ष देखि ४० वर्षका यूवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा निरन्तर क्रियाशिल जेसीज भिरकोट नगरपालिकामा स्थापना भएसंगै विभिन्न रचनात्मक क्रियाकलाप गर्दै आइरहेको छ । प्रस्तावित भिरकोट जेसीजले समुदायमा नगरपालिका संगको सहकार्यमा बालमैत्री नगर घोषणा गर्ने कार्यमा सहकार्य गरेको छ भने, हाल देशमा व्यप्त डेंगु रोगको संक्रमणवाट जोगाउन भिरकोट नगरपालिकामा सरसफाई कार्यक्रम सहित डेंगु सार्ने लामखुट्टेका लार्भा खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन सन्चालन गरेको छ ।
प्रस्तावित भिरकोट जेसीजका अध्यक्ष उमेश गुरुङको नेतृत्वमा भिरकोट नगरपालिकाका जनप्रतिनिधि, प्रहरी, स्थानीय संघ संस्थाको सहकार्यमा शनिवार भिरकोट नगरपालिकाको बयरघारी बजारमा बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । डेंगु सार्ने लामखुट्टेको लार्भा हुर्कन सक्ने सम्भावित ठाँउहरुको पहिचान गरी नगर क्षेत्र भित्र रहेका पानी जम्ने ठाँउ, गाडीका थोत्रा टायरहरु, फोहर रहेको स्थानमा उनीहरुले खोजी गरि नष्ट गरेका हुन ।
अभियानका क्रममा स्थानीय बासिन्दालाई डेंगु भाइरस, यसको संक्रमण र रोकथामका लागि अपनाउनुपर्ने सावधानीबारे पनि जानकारी गराईएको भिरकोट जेसीजका अध्यक्ष उमेश गुरुङले जानकारी दिए । उनले भने, ‘आफ्नो घर आँगन सफा राखे मात्र धेरै संक्रमणवाट बच्न सकिन्छ ।’ हाल देशभर डेंगुको संक्रमण बढिरहेको खवर सुन्दैमा त्रसित नभई यसवाट बच्ने उपायका वारेमा बैलैमा सोच्न सबैमा आग्रह समेत गरेका थिए ।
लामखुट्टेले फुल पार्ने ठाउँ
पानीट्याङ्की, गाग्रो, दहीको कतारो, बाल्टिन तथा ड्रम, गमला, टायरको पानी फाल्ने्, पानी जम्ने खाल्डाखुल्डी आदी
- डेङ्गु लाग्नबाट बच्ने उपाय
- डेंगु भाइरस सार्ने लामखुट्टेले दिउँसोपख मात्रै टोक्ने भएकाले यसबाट बच्नका लागि पूरै शरीर ढाक्ने गरी कपडा लगाउने,
- लामखुट्टे भगाउने मलमको प्रयोग गर्ने,
- सुत्नेबेला झुलभित्र मात्र सुत्ने,
- पानी जम्ने भाँडाकुँडाको पानी फाल्ने,
- खाल्डाखुल्डीमा पानी जम्न नदिने,
- झ्यालढोकामा जालीको प्रयोग गर्नुपर्छ
डेंगुका लक्षणहरु
एक्कासि तीनदेखि पाँच दिनसम्म ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, आँखाको गेडी दुख्ने, शरीरमा डाबर आउने, अरुचि हुने, जोर्नी तथा मांसपेशी दुख्ने, पेट तथा आन्द्रामा गडबडी हुने