?
वालिङ २३ भदौ ।
मानवताको सेवा जीवनको सवोत्तम कार्य हो, भन्ने आस्थाका साथ जेसीज अभियानमा लागेकी वालिङ ११ निवासी बर्षा पंगेनीले आफ्नो जन्मदिनको अबसरमा मानवसेवा आश्रम पोखरालाई सहयोग गरेकी छन् ।
भिरकोट जेसीजकी कार्यकारिणी उपाध्यक्ष पंगेनीले आइतवार परेको जन्मदिनको अबसरमा सडकवाट उद्दार गरेर मानव सेवा आश्रम पोखरामा पालन पोषण गरिएकाहरुको एक छाक खाना खर्च वापतको रु १२ हजार ५ सय रुपैया वालिङ जेसीज र मातृशाखा भिरकोट जेसीजका अध्यक्ष राजु तिवारी र उमेश गुरुङलाई चेक हस्तान्तरण गरेकी हुन ।
मानव भएर मानवताको सेवा गर्नु हाम्रो कतव्य हो भन्दै, जन्मदिनमा फजुल खर्च गरेर जन्मदिन मनाउनु भन्दा मानव सेवा आश्रममा रहेका आमा बुवाहरुलाई एक छाक खाना खुवाउने निर्णय गरेको पंगेनीले वताइन् ।
वालिङ जेसीजले मानव सेवा आश्रम संगको सहकार्यमा सडक मानवहरुलाई उद्दार गरी आश्रममा लगेर व्यवस्थापन गरिरहेको छ । वालिङ नगरपालिकालाई सहयोगापेक्षी सडक मानव रहित नगरपालिका निर्माणमा जोड दिइरहेको वालिङ जेसीजका अध्यक्ष राजु तिवारीले जानकारी दिए । जेसीजले हालसम्म १० जनालाई सडकवाट उद्दार गरी आश्रममा लगेको समेत उनले जानकारी दिए ।