सुशील सुबेदी
स्याङजा, १९ भदौ ।
कहालीलाग्दो भीर छिचोल्दै
कालीगण्डकी किनारमा रहेको ओडारमा एउटा यस्तो दृष्य, अर्धवैसे महिला पहेलो बस्त्रमा सजिएर एकाग्र ध्यानमा र
ओडारको भित्तामा चमेरा टांसिएर बसेको सायद जो कोहीलाई डर र त्रास नहुने कुरै भएन्
।
यस्तो ओडारमा एक महिला १०
दिन देखि दुबो र बेलपत्रको भरमा मौन ब्रत सहित तपस्या गर्दै आएकी छन् । स्याङ्जाको
गल्याङ नगरपालिका वाड नं १ राम्दी स्थित परेवा भिर नजिकै कालीगण्डकी किनारमा रहेको
गुफामा यी महिलाले तपस्या गर्दै आएकी हुन ।
अर्घखाँची घर भई बुटवलमा
बस्दै आएको वताउने तपस्वी हरिदासीले १५ दिन देखि बेलपत्र, दुबो र गण्डकीको जलका भरमा मौन ब्रत सहितको तपस्या गरेकी
छन् । कसैको जिज्ञासा मेटाउन उनले प्रश्न सुन्ने र उत्तर कपीमा लेखेर दिने गर्दछिन
।
गत ९ गते सोमबार एकादशीको
दिन बुटवलबाट राम्दी आएकी ती महिला पहिले पाल्पा स्थित सिद्ध गुफामा गएकी थिईन् ।
सोही दिन रातको १२ बजे उक्त स्थानमा ध्यान नलागेपछी विकल्पको रुपमा यस गुफा रोजेर
तपस्या गर्दै आएकी छन् । यस स्थानमा पनि उनलाई हेर्न आउनेको संख्या वढ्दै गइरहेको
छ । अहिले सम्म लुकेर रहेको राम्दी स्थित कालिगण्डकीको खोँचमा रहेको उक्त गुफाको
चमेरे गुफा नामाकरण समेत उनैले गरेकी छन् ।
सिद्धार्थ राजमार्गमा
पर्ने राम्दी स्थित परेवा भिरबाट तल खोल्साको
बाटो करिब २० मिनेट ओरालो झरेपछी यो गुफा भेटिन्छ । तर हालसम्म यस गुफामा कोही पनि
नगएको स्थानीयहरु वताउछन् । अहिले तपस्वी छन भने पछि यसको रहस्य खोजी भइरहेको छ ।
चौध महिना देखि एक ग्लास दुध र फलफूल मात्र भोजन गर्दै आएकी तपस्वी राम्दी आउन भन्दा पाँच दिन पहिलेबाट बेलपत्र , दुवो जस्तो गाईले खाने प्रजातीका घाँस पात खान थालेको उनका श्रीमान् बिष्णूप्रसाद मिश्रले बताए । घरमा धेरै पहिलेदेखि जुठो भयो भने संकेत आउने बताउँदै उनले भने , ‘हामि अचम्म परेका छौं, यो ईश्वरीय शक्ति हो भन्नेमा विश्वस्त छौं ।’
३७ बर्षिय तपस्वी आफू कुनै चर्चामा आउन नभई साधु सन्तको सम्मानको निमित्त तपस्यामा रहेको बताउँछिन् । ‘म शिद्ध बाबाले बोलाएर आएकी हुँ, मानब जगतको कल्याण गर्दै शान्तिका लागि मेरो मौन तपस्या रहनेछ ।’ उनी भन्छिन्, ‘ब्रहमाण्डमा भएका मानब जगत, पशु जगतप्रती ईश्वरको भेदभाब छैन तर हाम्रो किन ? ईश्वर प्राप्ती गर्न सत्य ज्ञान जरुरी छ ।’
आध्यात्म बुद्धि हो भने
बिज्ञान प्रयोग हो । आँफैलाई खोज्न सके बिज्ञान र आत्म चिन्न सकिन्छ भन्दै तपस्वी
हरिदासीले भनिनर्, दैवी शक्तीको आकर्षणले यस
क्षेत्रमा आकर्षित गरेको छ ।’
अहिले सम्म कसैले नदेखेको यस स्थल बुटवलबाट आएर तपस्या गर्नु अनौठो भएको वालिङ १० का वडा अध्यक्ष अनन्तराज गैह्रेले बताए । अहिले सम्म स्याङजा , राम्दी क्षेत्रनै नआएकी एक महिला कसरी यस्तो ठाउँ पत्ता लगाईन् भन्ने बिषयमा दंग परेका छौं गैह्रेले भने, ‘यहाँ आउने भक्तजनहरुलाई सजिलोका लागि स्थानीय सरकारले पैदलमार्ग निर्माण गर्न जरुरी छ ।’
एक छोरा श्रीमान् तथा
परिवार भएपनि हरीदासीले पारिवारिक मोहमा डुब्नेलाई केही क्षणको संसारीक चरित्र
भएको बताउँछिन् । यस्ता दैवीक शक्ती भएका पवीत्र स्थल नेपालका अधिकांश क्षेत्रमा
भएको भएपनि पहिचान र प्रचार प्रसारको ओझेलमा परेको छ ।
यस्ता क्षेत्रको
पहिचानगर्दै भारत देखि लुम्विनीहुँदै मुक्तिनाथ यात्रा गर्ने धार्मिक पर्यटनलाई
समेत आकर्षण गर्न सके पर्यटकको संख्या मात्र होईन पर्यटन व्यवसाय समेत फस्टाउने
देखिन्छ ।