सुशील सुबेदी
स्याङजा , १४ भदौ ।
नेपाल सरकार भूमि व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले जनतालाई अफबहा फैलाउँदै कुनै पनि घटनालाई राजनैतिक झण्डा बोकाउने पछिल्लो संकेत गलत भएको बताएकी छन् ।
गल्याङ नगरपालिका वडा नं ६ वडा कमिटीले आयोजना गरेको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी जिल्ला ईन्चार्ज तथा भूमि व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले उक्त कुरा बताएकी हुन ।
एउटा घटना घटेयो भने सरकार बिरुद्ध मसला बनाउने र जनतालाई बितिष्णा फैलाउँने प्रबृतीले देशमा ठुलो दुर्घटना निम्तिन सक्ने वताउदै मन्त्री अर्यालले भनिनर्् गणतन्त्र जनताको नासो हो, राजनैतिक स्वार्थका लागि जनताको नासोमाथी खेलबाड गर्ने काम नगरौँ । ’
जनताको बलीदानीले आएको गण्तन्त्र जनताको नासो भएको बताउँदै बर्तमान सरकार बिरुद्ध सडकमा जनता अचालेर राजानैतिक परिबर्तन गर्ने दुश्साहस नगर्न आग्रह गरिन् । मन्त्री अर्यालले बर्तमान सरकार समृद्ध मुलुक बनाउने दिसामा अगाडी बढेको बताइन् ।
सोही कार्यक्रममा सांसद मुत्ती प्रशाद पाठक , जिल्ला समन्वय समितीका उप—प्रमुख दिलीप कुमार बगाले , नेकपा जिल्ला अध्यक्ष पारस गैह्रे , नेकपा वालिङ नगर कमिटी अक्ष्यक्ष राजेन्द« डुम्रे र टिकाराम भुषाल लगाएतले मन्तब्य राखेका थिए ।
वडा कमिटी अध्यक्ष एक नारायण तिबारीको अध्यक्षताका आयोजना गरिएको कार्यक्रमको संचालन वडा कमिटी सचिब सुरेश सुबेदीले गरेका थिए । भने स्वागत नारायण चापगाईले गरेका थिए ।