स्याङ्जा ८, भदौ ।
सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको निःशर्त रिहाइको माग गर्दै आज वालिङमा प्रर्दशन भएको छ ।
सञ्चारकर्मी लामिछाने र कँडेललाई नियोजित ढंगवाट फसाउने षडयन्त्र अनुरुप प्रहरी हिरासतमा लिइएको विरोधमा आज वालिङमा रविका समर्थक यूवाहरुले विरोध पर्दशन गरेका हुन । पटक–पटक म्याद थप गर्दै अनुसन्धान गर्दै आएको प्रहरीले आइतबार अदातलमा उपस्थित गराउने भएपछि रवि रिहा हुने आशामा उनका समर्थकले पर्दशन गरेका अभियानका सदस्य कमल कुँवरले जानकारी गराए।यूवाहरुले वालिङ मोडमा कोण सभाको आयाृजना समेत गरेका थिए । सञ्चारकर्मी लामिछानेलाई विभिन्न बहानामा फसाउन खोजिएको भन्दै होसियार रहन उनीहरुले ¥याली र कोणसभामार्फत खबरदारी समेत गरेका छन् । सहभागीहरुले पत्रकार लामिछाने दोषी नरहेको विश्वास समेत व्यक्त गरेका थिए ।
उनीहरुले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या या हत्या प्रकरणको निश्पक्ष छानबिन गरिनु पर्ने समेत माग गरेका छन् । सहभागीले नेपालको राष्ट्रिय झण्डासहित रवि लामिछानेलाइ विनाशर्त रिहाइको माग गरेका थिए । कोण सभामा दिक्षान्त प्रताप खाँण, उत्तम खनाल र महिलाहरुको तर्फवाट सरिता पौडेलले वोलेका थिए ।
न्युज २४ टेलिभिजनबाट प्रशारण हुने चर्चित कार्यक्रम सिधा कुरा जनतासँगका प्रस्तोता रवि लामिछाने उनका सहकर्मी युवराज कँडेलसहित ३ जनालाई चितवन प्रहरीले साउन ३० गते पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ गरेको थियो । जिल्ला अदालत चितवनले उनीहरुलाइ म्याद थप गर्दै अनुसन्धान गरिरहेको छ ।
प्रहरीको १० दिन लामो अनुसन्धानपछि सरकारी वकिल कार्यालयले आइतबार दिउँसो उनीहरुविरुद्ध आत्महत्या दुरुत्साहनसम्बन्धी कसुरअन्तर्गत मुद्दा दायर गरेको छ ।
तीनैजनाले ज्यानसम्बन्धी कसुर गरेको दाबी गरेपनि सरकारी वकिलको कार्यालयले सजाय भने आत्महत्या दुरुत्साहनअन्तर्गतको कसुरमा मात्रै मागदाबी गरेको छ ।
सरकारी वकिलको कार्यालय चितवनले तीनै जनाविरुद्ध मुलुकी अपराध संहिता (ऐन)को दफा (१८५)को उपदफा (२) अन्तर्गत ‘हदै सम्मको’ सजाय मागदाबी गरेको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा (१८५)को उपदफा (२) मा आत्महत्या गर्न दुरुत्साहन गर्ने व्यक्तिलाई ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था गरिएको छ ।