गण्डकी प्रदेश अन्तर्गत स्याङ्जा जिल्लाका पाँचवटा नगरपालिका मध्येको एक नगरपालिका हो भिरकोट नगरपालिका । स्थानीय स्वायत्त शासन ऐन २०५५ को दफा ८० मा व्यवस्था भए अनुरुप नेपाल सरकारको मन्त्रिपरिषदको निर्णयवाट २०७२ साल असौज १ गते भिरकोट नगरपालिका घोषणा भएको हो । साविकको भिरकोट नगरपालिका, छाङ्छाङदी गाविसको २, ३, ७, ८ र ९, स्वरेक गाविसको १, ५, ६, ७ र ९ र कालिकाकोट गाविसको ३ र ८ वडा समावेश गरी भिरकोट नगरपालिकालाई पूर्णता दिएको हो । झण्डै ३० हजार जनसंख्या रहेको यस नगरपालिका ऐतिहासिक र पर्यटकीय क्षेत्रको धनी नगरपालिका हो । पोखरा पछिको प्याराग्लाईडिङको गन्तव्यको रुपमा रहेको यस नगरपालिकाको केन्द्र भागवाट बग्ने अँधिखोला यस नगरपालिकाको बरदान जस्तै वनेको छ । कृषिको उर्भर भूमि रहेको नगरपालिकामा कृषि र पर्यटनवाट आर्थिक समृद्धिको वाटो रोजेको छ । आर्थिक वर्ष ०७६÷७७ का लागि यस नगरपालिकाको बजेट ४४ करोड ७६ लाख ९२ हजार विनियोजन गरिएको छ । उक्त बजेट मध्ये चालु तर्फ १७ करोड ६६ लाख ९२ हजार र ११ करोड ३९ लाख रहेको छ । भने शशर्त अनुदान तर्फ १५ करोड ७१ लाख रहेको छ । २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनवाट यस नगरपालिकाले नेपाली काँग्रेसका तर्फवाट विकासप्रेमी तथा प्रभावशाली नेतृत्व प्राप्त गरेको छ । प्रस्तुत छ । विगतमा ठूलै अनुभव संगालेका भिरकोट नगरपालिकाका प्रमुख छायाँराम खनाल संग हिमदुत डक.कमका प्रधान सम्पादक प्रदिप कोइरालाले विभिन्न विषयमा गरेको कुराकानी
निर्वाचनका वेला गरेको घोषणा र हालको अवस्था
निर्वाचनको समयमा नेपाली काँग्रेसले आफ्नो घोषणापत्र जारी ग¥यो । घोषणापत्रमा सामाजिक न्यायको विषयलाई जोड दिएर प्रजातान्त्रिक पद्दतिको विकास गर्दै जाने मुल उद्देश्य हो भने, विषयगत रुपमा हामीले विपन्नहरुलाई आय निमुखाहरुलाई न्याय भन्ने अर्को मुल नारा नेपाली काँग्रेसको थियो । जस अनुरुप हामीले नेपालको विद्यमान संविधान, कानुन र नीति नियमहरु छन । र त्यसका अतिरिक्त स्थानीय तहले आफ्नो अधिकार प्रयोग गरेर बनाइएका नीति नियमहरुलाई आधार बनाएर कानुनी राज्यको स्थापना गर्ने र सेवा प्रदान गर्ने उद्देश्य भिरकोट नगरपालिकाले राखेको छ । सबैकुराहरु साना विषयहरु हामीले सम्वोधन गरेर गइरहेका छौं । विपन्न तथा पिछडिएका वर्गहरुको स्थायीत्व गर्ने , बालवालिकाहरुको जीवन रक्षा र अवसर प्रदान गर्ने, महिला गर्भवती आदीलाई उचित स्याहारको व्यवस्था गर्ने, जस्ता कुराहरु अण्डा वितरण, बालमैत्री नगर निर्माणमा लाग्ने कुरा, विरामी भएको वेला विपन्न परिवारलाई आर्थिक सहयोग गर्ने कुरा, औषधी उपचारको निमित्त सहयोग पु¥याउने कुरा, स्वास्थ्य सेवालाई व्यवस्थित वनाउने र जनस्तरमा हामीसंग उपलव्ध भएको सेवालाई सहज पहुँच पु¥याउने कुरा, राज्यले तोकेको औषधीको व्यवस्थ ागर्ने जस्ता विषयहरुलाई हामीले व्यवहारमा लागु गरेका छौ । शिक्षामा सुधार, जातीय विभेद, लैंङिग विभेदका विषयहरुलाई पनि अन्त्य गर्ने लक्षमा रहेका छौं । यो पनि हाम्रो घोपणापत्रमा उल्लेख थियो । समाजमा पछाडी परेका नागरिकहरलाई उत्थान गर्ने, र उनीहरुको जीवनस्तर व्यवस्थि तगर्ने, न्याय नपाएकाहरुलाई न्याय दिने, अवसर नपाएकाहरुलाई अबसर प्रदान गर्ने प्रयत्न हामीले गरेका छौं । यी विषयहरुको पूर्णता होइन थालनी गरेका छौं । भिरकोट नगरपालिका मुख्य गरेर नयाँ नगरपालिका भएको हुनाले पूर्वाधारमा आफ्नै भवन नभएको हुनाले हामी त्यसको व्यवस्थापनमा लागि परेका छौं जसले गर्दा अझै नागरिक स्तरमा पुग्नु पर्ने धेरै कुराहरुमा आशातित प्रगती अझै गर्न सकिएको छैन । हामीले सबै पक्षलाई यूवा, बालवालिका, महिला, दलित, जनजाती, जेष्ठ नागरिकदेखि लिएर सबैलाई समेटेर जाने पक्षमा छौं । खेलकुदको विकास, औद्योगिक क्षेत्रको विकास, व्यवसायीकरणमा मद्दत गर्ने जस्ता विषयहरु हामिले सम्वोधन गरेका छौं । हामीले सम्वोधन गरेको विषय र पार्टीले गरेको घोषणा हुवहु लागु गर्न खोजिराखेका छौं । आगामी दिनमा हाम्रो घोषणापत्र अझै व्यवस्थित ढंगले कार्यान्वयन गर्न प्रतिवद्ध छौं । हामी भौतिक निर्माण देखि लिएर सामाजिक र चेतनाको विकासमा मुख्यरुपमा लागेका छौं । प्रजातन्त्रीक मूल्य र मान्यतालाई स्वीकार गर्ने हाम्रो पार्टी मानवअधिकारको रक्षा, संवैधानिक शासन पद्दतीको रक्षा र कानुनी राज्यलाई स्थापित गर्न हामी लागि रहेका छौं । तसर्थ हामी घोषणापत्रले निर्दिष्ठ गरेका विषयहरु भन्दा वाहिर छैनौ ।
बजेटको प्राथमिकता र कार्यन्वयनको अवस्था
हाम्रो बजेट विनियोजनमा सबै पक्षलाई समेटेका छौं । अहिले हाम्रो मुख्य प्राथमिकता नगरपालिकाको आफ्नै भवन निर्माण, फोहरमैला व्यवस्थापन, बसपार्क जस्तो संवेदनशिल विषयमा, क्याम्पस लगायत शिक्षणसंस्थाहरुको गुणात्मक विकास गर्ने विषय, स्वास्थ्य क्षेत्रको सुधार र गुणस्तरीय सेवाका विषयमा, स्वमसेवीकाहरुलाई सुविधा दिएर उनीहरुलाई अगाडी ल्याउने विषय, शिशु कक्षाको सुधार र प्रोत्साहन गरेका छौं । कृषि क्षेत्रमा केही नमुना फर्म, पर्यटकीय पूर्वाधार निर्माण गर्ने कुरामा तिनवटा होमस्टे तयारी भएर सन्चालनमा आएका छन् । पर्यटकीय सम्भावना रहेका क्षेत्रहरुको विकास र त्यहाँ पर्यटकहरुको आवागमन गराउने कुरामा हामी सक्रियतापूर्वक लागि परेका छौ । नगरपालिका क्षेत्र भित्रका शहरी क्षेत्रको सडकलाई कालोपत्रे गर्ने कार्य ९० प्रतिशत सकिसकेका छौ । खानेपानीको पहुँच भन्दा वाहिर रहेका परिवारलाई एक घर एक घाराको अभियानमा लागेका छौं । आगामी दुई वर्ष भित्र खानेपानीको समस्या हल हुन्छ । शुद्ध पिउनेपानी उपलव्ध गराउने नगरपालिकाको उद्देश्य अनुरुप मुलको पानी जाँच गर्ने कार्यको पनि थालनी गरेका छौं । यातायातको क्षेत्रमा नगरपालिका क्षेत्र भित्र रहेका सडकहरुलाई चार भागमा बर्गिकरण गरेका छौ पहिलो नंवरको सडकको स्तरउन्नती गर्ने र अन्य तिन वर्गका सडकहरुलाई १२ महिना सन्चालन गर्न सक्ने स्तरको वनाउने गरी लागेका छौं । यसका लागि यसवर्षवाट मेसिनहरु खरिद गरेर नगरपालिकाको स्रोत र साधनवाटै गर्ने योजनामा रहेका छौं ।
सिद्धार्थ राजमार्गको विषयमा
सिद्धार्थ राजमार्गमा बस्तिले च्यापेको क्षेत्रलाई अहिले केही गर्न सक्ने स्थिती छैन । बस्ती भन्दा वाहिर रहेको खाली जग्गा, घुम्तीहरु काटेर व्यवस्थि तगर्ने सडकसंगको समन्वयमा आउने हिउँदवाट राजमार्गको विस्तारमा लाग्नेछौ । चालु वर्षमै राजमार्ग विस्तार गर्ने काम सक्छौ ।
विपक्षी दलहरु संगको सम्वन्ध
हामीले विपक्षी पाटीहरुसंग वेला वेलामा छलफल गरिराखेका छौ । नगरपालिकाको प्लानहरु वनाउदा संगै राख्ने गरिराखेका छौ । तर पार्टीहरुले आफ्नो पार्टीको घारणा लिखितरुपमा या संस्थागत रुपमा दिने गर्नुभएको छैन । व्यक्तिगत सल्लाह, परामर्श दिनुहुन्छ सहभागिता पनि रहेको छ । लिखितरुपम तपाईहरुको दृष्टिकोण दिनुस भन्दा दिने गर्नु भएको छैन । अब हामी आवधिक रणनीतिक योजना वनाउने तयारीमा लागेका छौं । त्यसमा उहाँहरुको समेत सहभागिता हुँदा भदौको ९ गतेवाट झण्डै ६५ दिन जतिको कार्यशाला हुन्छ त्यो हामिले सुरु गर्छौ । त्यसमा उहाँहरुवाट परामर्श सल्लाह प्राप्त गर्ने आशावादी छौ ।
नगरपालिकाको आवश्यकता र पहिचान
आँधीखोला जुन हाम्रो मध्य भागवाट वगिरहेको छ । आँधीखोलाको क्षमताको उपयोग गरेर यसको समुचित विकासमा लाग्नु पर्ने देखिएको छ । अर्को भिरकोटको पर्यटनको विकास र कृषि यहाँको मुख्य समृद्धिको आधारहरु हुन । हामीले कृषिको क्षेत्रमा बाँझो रहेका जमिनलाई भुमि बैंक बनाएर कृषि क्षेत्रमा काम गर्नेहरुलाई उपलव्ध गराउने र उनीहरुलाई उत्थान गर्ने र कृषिलाई व्यवसायीकरण गर्ने कुरामा हाम्रो जोड रहेको छ । मुख्यतः कृषि र पर्यटनलाई जोड दिएर भिरकोटको आर्थिक समृद्धि गर्ने कुरामा जोड दिएका छौं ।
आन्तरिक स्रोत र यसको परिचालन
आन्तरिक स्रोतमा अत्यान्त न्यून आय स्रोत भएको नगरपालिका हो झण्डै २०÷२५ लाख आम्दानी थियो अहिले हामीले न्यून कर लगाएर, नगरभित्रवाट आउने करवाट एक करोड सम्म आम्दानी गर्न सफल भएका छौं । चालु वर्षमा आम्दानीलाई वढाएर करिव दुई करोड पु¥याउने अनुमान गरेका छौ ।
सुशासनको क्षेत्रमा
नागरिकलाई सेवा समयमै प्रदान गर्ने कुरामा हाम्रो मुख्य जोड छ । वडादेखि नगरपालिका सम्मवाट दिने सेवा सुविधामा ढिलासुस्ती छैन । विकास निर्माणको काममा मुल्याङ्कन गर्दा वा योजना वितरण गर्ने कुरामा हुने गरेका आर्थिक चलखेल यस नगरपालिकामा कत्ति पनि छैन । हामी जनता समक्ष सुचना पनि गर्ने गरेका छौ कहिं कतै नगरपालिकावाट प्राप्त गर्ने सेवामा अनियमिता भयो भने जानकारी गराउन भनेका छौ । नागरिकवाट यस्ता खालका गुनासो नआएका कारणले हामी सफल छौ भन्ने लागेको छ ।
अलिकति गाह्रो के छ भने, प्रशासनिक क्षेत्र लामो समय जनप्रतिनिधी संग सम्वन्ध नगरीकन आफ्नो किसिमले स्वच्छन्द गरेको बानि भएको हुनाले अझै पूर्णरुपमा कही कतै नमिलेको होकी भन्ने देखिन्छ । कहिलेकाँही हामिले भनेको नमानेको हो की जस्तो महशुस भएको छ । फेरी यो असहयोग होइन, गत वर्षको बजेट भुक्तानीमा समस्या आएर असारमा भुक्तानी गर्न प¥यो । धेरै कुराहरु कठिन पनि हो यसलाई सहज वनाउनका निमित्त गाह्रो पनि हुने रैछ । कर्मचारीको अभाव छ असहयोग छैन । कृषिमा जनशक्ति अभाव छ जसका कारण कृषि क्षेत्रमा पछि परिेको अनुभूति भइरहेको छ । अब यस वर्ष नगरपालिकाले जनशक्तिको व्यवस्थ ा आफै गर्ने योजनामा छौं ।
न्यायको क्षेत्रमा
हामीकहाँ उजुरीको अवस्था अत्यान्तै कम छ । अदालतले फैसला गरेका मुद्दाहरु कार्यन्वयन भएर भनेर हामीकहाँ आउने गर्नुहुन्छ । त्यो हाम्रो अधिकार भित्रको होइन भन्दा नगरपालिकाले गरेन भन्ने गुनासो आइरहेका छन् । हामीसंग आउने उजुरी कम छन आएका उजुरीहरुलाई हाम्रो न्यायीक समितीले सहज ढंगले सम्पादन गर्न सकेका छौं ।
समस्या र चुनौती
संघिय सरकार र प्रदेश सरकारको कुरामा नीति नियम प्रदेश सरकारले वनाइदिने खालको व्यवस्था राखेको छ । अहिले हेर्दा के देखिन्छ भने प्रदेश सरकार र संघीय सरकारले अफ्नो सिमा अझै कायम गर्न नसकेको अर्काको सांझ मिच्न खोजेको संविधानले दिएको अधिकारलाई कानुन बनाएर मिच्न खोजेको जस्तो अनुभूति भइरहेको छ । त्यस्ता कार्यले हामीलाई स्वतन्त्ररुपमा काम गर्न गाह्रो भइरहेको छ । हामी अहिले संघ र प्रदेश तिर फर्केर हेर्ने भन्दा पनि आफूसंग प्राप्त स्रोत साधन र हाम्रो क्षमताले गर्न पाउने काममा डटेर काम गर्ने । अवसर प्राप्त भएमा नछोडने र बढी अपेक्षा पनि नगर्ने गरी काम गर्न वाध्य भएका छौ । संघ र प्रदेशको अन्यौलताले असहज भइरहेको अवस्थामा हामी उनीहरुवाट कुनै अपेक्षा गरेका छैनौ । प्रदेश सरकारले आफ्नो स्पेस वनाउनुपर्ने हो त्यो गर्न नसक्दा आफ्नो अधिकार र कार्यक्षेत्र यो हो भनेर किटान गर्न नसक्दा संघियतानै धरापमा पर्ने हो की भन्ने शंका उत्पन्न भएको छ ।