हिमदुत सम्बाददाता श्रावण २२
धनुषाको हंसपुर नगरपालिका प्रमुख रामज्ञान मण्डल र उपप्रमुख रेणु झा समूहबीच झडप भएको छ। प्रमुख मण्डल पक्षका व्यक्तिहरूले कार्यालय सार्नको लागि समान लिन ट्याक्टर लिएर नगरपालिका पुगे । कार्यालय सार्न नदिने भन्दै उक्त समूहलाई उपप्रमुख झा पक्षका व्यक्तिहरूले रोक्ने प्रयास गरे । यही विवादबाट सुरु भएको विवादले उग्र रुप लिएको प्रहरीले जनाएका छ ।
झडपपछि स्थानीय जनप्रतिनिधिसहित केही व्यक्ति घाइते भएका छन् । हंसपुर नगरपालिकाको कार्यालय सरकारले बघचौडामा तोकेको छ। तर प्रमुख मण्डलले आफ्नो गाउँ बेल्ही चोकमा कार्यालय संचालन गरेका छन्। उनले बघचौडा कार्यालयबाट बेल्ही कार्यालय सार्नका लागि समान करिब ५०-६० जना मानिस लिएर पुगेको स्थानीयले बताएका छन् । झडपपछि यस क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । अहिले पनि अवस्था साम्य भइसकेको छैन ।