गतवर्ष वोलवम यात्रा सुरु गर्नुपूर्व खिचिएको सामुहिक तस्वीर
श्रीकृष्ण सिग्देल
स्याङ्जा—१७, साउन ।
शान्तिका लागि बोलबम यात्रा भन्ने सन्देश लिएर रामनदीधामको जल लिएर हरेक वर्ष देशका विभिन्न ठाँउहरुमा यात्रा गरिरहेको वोलवम समिती वालिङले यस वर्ष मनाङ जिल्लाको तिलिचो ताल भ्रमण गर्ने भएको छ ।
२०६१ सालवाट पवित्र धार्मिक स्थल मुक्तिनाथवाट सुरु गरेको यात्रा १६ वर्ष निरन्तर साउन महिनामा देशका विभिन्न ठाँउहरुमा तिर्थयात्रा गर्दै आएको छ । सरकारले सन. २०२० लाई पर्यटन वर्षको रुपमा मनाइने उद्घोष गरे संगै वोलवम समितीले सरकारको कार्यक्रम सफलताको कामना गर्दै यस वर्ष पर्यटन प्रवद्धनको मुख्य नारा लिएर तिलिचो भ्रमणमा जान लागेको वोलवम समिती वालिङका अध्यक्ष दिपेन्द्र तिवारीले वताए ।
साउन १९ गते आइतवारदेखि शुरु हुने यात्रा तनहुँको पवित्र धार्मिक स्थल इशानेश्वर महादेवको मन्दीरमा कालिगण्डकीको जल चढाएर मनाङको तिलिचोताल सम्मको यात्रा तर्फ जाने भ्रमणका संयोजक तथा वोलवम समिती वालिङका सचिव राजु तिवारीले जानकारी दिए । अत्यान्त व्यवस्थित तरिकाले गरिने यात्राको लागि भ्रमण संयोजकको नेतृत्वमा मनाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी तथा पर्यटन संग सम्वन्धित संस्थाहरु संग छलफल तथा अन्तरक्रिया समेत गरिसकिएको संयोजक तिवारीले वताए ।
वर्षाको वेला आइपर्ने समस्यालाई मध्येनजरगर्दै भ्रमणको तयारी स्वरुप मनाङका सम्वन्धित निकाय संग छलफल गरेको समितीका प्रवक्ता.युवराज गौतमले जानकारी दिए । वर्षाका कारण यातायातको सहजताका लागि त्यहाँका व्यवसायीहरु संग दुईपटकमा मनाङसम्म पुग्ने व्यवस्था गरेको समितीका प्रवक्ता गौतमले जानकारी दिए ।
यात्रालाई व्यवस्थित वनाउन झण्डै एक महिना अगावै समितीले तयारी वैठक वसी यात्रा सम्वन्धी तयारी र व्यवस्थित वनाउन विभिन्न उप–समितीहरु गठन गरेको थियो । यात्रामा अनुशासन उप समिती, सूचना तथा जानकारी उपसमिती, खाना तथा वास व्यवस्थापन उपसमिती, अर्थिक उपसमिती, आपतकालिन तथा उद्दार उपसमिति लगायतका उपसमिती गठन गरेर यात्रालाई व्यवस्थित वनाइएको प्रवक्ता गौतमले जानकारी दिए ।
‘शान्तिको लागि धार्मिक यात्रा’ भन्ने नाराका साथ धार्मिक यात्रा गरेको वोलवम नेपाल सरकारको पर्यटन वर्ष २०२० को अभियानलाई साथ दिन शान्ति संगै पर्यटन प्रवद्धनमा जोड दिएको समितीले जनाएको छ । यात्राका सुचना तथा अनुसासन समितीका संयोजक अशोक तिवारीले भने, ‘ पर्यटकीय सम्भावना रहेको स्याङ्जका धार्मिक तथा पर्यटकीय स्थलको वारेमा ति क्षेत्रमा रहेका पर्यटन संग सम्वन्धित काम गर्ने संस्थाहरुलाई जानकारी गराइन्छ । ’
समितिले यात्राको समय तालिका समेत सार्वजनिक गरेको छ । १९ गते देखि यात्रा शुरु गरेर २० गते तनहुँको इसानेश्वर महादेव मन्दिरको दर्शन बेसीशहरमा बास बस्ने, बेसी शहरबाट मनाङ्को खाङ्सारमा बास बस्ने र २२ गते बेस क्याम्पमा पुगेर बास बस्ने र २३ गते तिलिचो ताल पुग्ने समय तालिका सार्वजनिक गरेको समितीले जनाएको छ । साउनको महिना भगवान शिवको महिना भन्ने कथन छ । तसर्थ शिवजीको भक्तहरुकै रुपमा धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको यात्रा गरिरहेको समितीले यसपटकको यात्रमा भण्डै ८० जना युवाहरुको सहभागिता हुने समितिका सचिव राजु तिवारीले जानकारी दिए ।