राहुल गुप्ता
वीरगन्ज, चैत २४
विश्वव्यापी संक्रमणको रुपमा फैलिएको कारोना रोगको परिक्षण तथा उपचारको लागी वीरगन्जको टोलीले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गदीको ध्यानाकर्षण गराएको छ ।
कोरोना रोगको उच्च जोखिम तथा प्रदेश नम्बर २ अन्तरर्गतका ४ जिल्लाका सम्भावित जोखिममा रहेका मानिसहरुलाई मध्यनजर गर्दै वीरगन्जको अस्पतालमा कारोना रोगको परिक्षण पिसिआर ल्याब, स्थास्थ्यकर्मिहरुको सुरक्षाका लागी पिपिई लगायतका सामग्री तथा कोरोना अस्पताल संचालन गर्नको लागी आइतबार बिहान पर्सा क्षेत्र न। १ का सांसद प्रदीप यादवले मुख्यमन्त्री को ध्यानाकर्षण गराएका थिए ।
पर्सा जिल्ला क्षेत्र नम्बर १का संघीय सांसद प्रदिप यादव, वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगी ,नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन कुमार उपाध्याय र आकस्मीक बिभाग प्रमुख तथा नेपाल चिकित्सक संघका नारायणी शाखाका महासचिव डा उदय नारायण सिंह लगायतको टोलीले कारोना रोगको संक्रमण नियन्त्रणको लागी वीरगन्जमा चलिरहेको तैयारी र आवश्यकताको बारेमा मुख्यमन्त्रीलाई जानकारी गराउदै ध्यानाकर्षण गराएका थिए ।
कार्यहरु अगाडि बढाइ सकिएको मुख्यमन्त्री लालबाबु राउत गदीले जानकारी दिए ।उनले वीरगन्ज प्रति आफु सम्बेदनशिल रहेको बताउदै कोराना रोगको संक्रमण नियन्त्रणको लागी पिसिआर मशिन सहितको परिक्षण ल्याब तथा रोगको उपचारको लागी कोभिड अस्पताल जनकपुर तथा वीरगन्जमा गरी दुइ ठाउमा संचलन गरिने व्यवस्था भइरहेको जानकारी दिए ।
मुख्यमन्त्री राउतले नारायणी अस्पतालका चिकित्सकहरुका लागी लगभग ४० थान पिपिई, मास्क र गगल्स लगायतका सामग्रीहरु सोमबार साँझसम्म नारायणी अस्पतालका पुगिसक्ने र रोगको परिक्षण तथा उपचारको लागी पिसिआर सहितको ल्याब यथा सिघ्र संचालन गर्नुका साथै रोगको उपचारको लागी कोबिड अस्पताल वीरगन्जमा पनि अबिलम्ब संचालन गर्ने निर्णय भएको बताए ।
वीरगन्जवाट गएका जनप्रतिनिधी तथा स्वास्थ्य पदाधिकारीहरुले अर्थीक मामिला तथा योजना मन्त्री बिजय यादव, आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवसंग भेटी कारोना रोगको लागी विरगन्जको आवश्यकता बारे जानकारी गराउनुका साथै प्रदेश सरकारले गर्ने निर्णयहरुलाई अबिलम्ब कार्यान्वयन गर्न अनुरोध गरेका थिए ।वीरगन्जको बारेमा मुख्यमन्त्री गदी सम्बेदशिल रहेको र प्रदेश सरकारको विशेषज्ञहरुको टोली अबिलम्ब वीरगन्जमा पुगेर व्यवस्थापन कार्यलाई अगाडि बढाउने कुरामा जोड दिइएको सांसद यादवले बताए ।
वीरगन्जको सबै आवश्यकताको बारेमा आफुहरुले मुख्यमन्त्री तथा प्रदेश सरकारका सम्बन्धीत मन्त्रीहरुको ध्यानाकर्षण गराएको बताउदै उहाहरु कोरोना रोग संक्रमण नियन्त्रणका लागी जनकपुर तथा विरगन्जलाई प्राथमिकतामा राखेको बताउदै वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीले प्रदेश सरकारले गरेको निर्णय अबिलम्ब कार्यान्वयन हुने आशा व्यक्त गरेका छन् ।