राहुल गुप्ता
वीरगञ्ज, १५ चैत्र ।
प्रतिनिधी सभा सदस्य प्रदीप यादवले नागरीक सुरक्षामा आफ्नो ज्यानको बाज़ी लगाएर दिनों रात खटिएका पर्सा प्रहरीलाई किटनाशक औषधि (सेनिटाईजर गर्नै डिसइन्फेक्सन स्प्रे ) उपलब्ध गराएको छन् । पर्सा क्षेत्र नं. १ बाट निर्वाचित साँसद प्रदीप यादवले प्रहरीलाई बिहाबार राती आफनै निवासमा प्रहरीलाई बोंलोई सहयोग गरेका हुन् ।
विश्वस्तरमा महामारीको रुप लिएको कोरोना संक्रमणको अवस्थालाई मध्यनगर गर्दै संसाद यादवले जिल्ला प्रहरी कार्यालय पर्सालाई २ किटनाशक औषधि सेनिटाईजर डिसइन्फेक्सन स्प्रे, किटनाशक धुलो र फिनायल लगायतका सामग्री सासद यादवले आज एक अनौपचारी कार्यक्रमबीच जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी निरीक्षक रविभुषण यादवलाई उक्त सामग्री सहयोग गरेको कुरा साँसदका स्वकिय सचिव निखिल बरनवालले जानकारी दिए । उनले कोरोना सँगसँगै विभिन्न किसिमको किरा र लामखुट्टेको टोकाईबाट प्रहरीनै बिरामी हुने अवस्था सृजना भएको देखेपछि किटनाशक औषधिलगयातको सामग्री उपलब्ध गराएको बताए ।
हस्तान्तरण कार्यक्रममा संसाद यादवले प्रहरीका लागि कोरोनाबाट शुरक्षित राख्न सरकारसँग विशेष मास्क, पन्जा, चस्मालगयात सामग्री उपलब्ध गराउन आग्रह गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।