भीरकोट, ९ चैत्र ।
भिरकोट नगरपालिका वाड नं ५ को वडा कार्यालयको एक कार्यक्रमका बिच आज शिलन्यास गरिएको छ । हाल वडा कार्यालय रहेको स्थान पकान नजिकै व्यवस्थापन गरिएको जग्गामा वडा कार्यालय निर्माण गर्न लागिएको वडा अध्यक्ष यामप्रसाद अधिकारीले जानकारी दिए ।
कार्यालयको नगर प्रमुख छाँयाराम खनालले शिलन्यास गरेका हुन् । शिलन्यास पछि नगर प्रमुख खनालले भीरकोट नगरपालिका भौतिक पुर्वाधारको निर्माणाधिन अवस्थामा रहेपछि विकासको दृष्टिले सवल हुँदै गइरहेको वताएका छन् ।
नगर प्रमुख खनालले हाल विश्वमा त्रसित वनाइरहेको कोरोना भाइरसको संक्रमणले माहामारीको रुप लिइरहेकोले नेपाल पनि सम्भावित खतरा रहेको विश्व स्वास्थ्य संगठनले भनिरहेको अवस्थालाई नजरअन्दाज नगरी सचेत हुन आम नागरिकलाई अपिल गरेका थिए ।
कार्यक्रममा भीरकोट ५ का वडा अध्यक्ष यामप्रसाद अधिकारीले आफ्नै कार्यकालमा वडा कार्यालय निर्माण सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्दै कार्यालयका लागि जग्गा प्रदान गर्ने जग्गादाता तथा कार्यालय निर्माणका लागि सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका थिए ।