स्याङ्जा, १५ फागुन ।
भीरकोट ५ स्वरेक मैदानबाट उडेको प्याराग्लाईडिङ अवतरण गर्ने क्रमममा विद्युतको तारबाट जोगिन खोज्दा फान्सका नागरीक साईमन घाईते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
विहिवार दिउँसो वालिङ ११ डौवा फाँट नजिकै अवतरण गर्ने क्रममा दुर्घटना भएको प्याराग्लाईडिङ वाट घाईते साइमनलाई तत्काल उद्दार गरी फिस्टेल एयरको हेलिकप्टर मार्फत काठमाडौ लगिएको छ । काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचाररत घाइते साइमनलाई गम्भिर चोट नलागे उनि सामान्य अवस्थामा रहेको प्रहरीको भनाई छ ।
अहिलेसम्म विजुलीको तारकै कारण यस क्षेत्रमा पाँच पटक प्याराग्लाईडिङ दुर्घटना भैसकेको छ भने यस अघि पटक पटक जानकारी गराउँदा पनि सम्बन्धित निकायले ध्यान नदिएको बाबु एडभेन्चर अन्तराष्ट्रिय स्कुलका संस्थापक अध्यक्ष सानु बाबु सुनुवारले बताएका छन् ।