वालिङ, २२ माघ ।
स्याङ्जा जिल्लालाई कार्यक्षेत्र वनाएर पत्रकारिता गर्दै आएका पत्रकार शुसिल सुवेदी गण्डकी प्रदेशकै उत्कृट जिल्ला सम्वाददाताको रुपमा सम्मानित भएका छन् । नेपाल टेलिभिजनको ३५ औँ बार्षिकोत्सवको अवसरमा सुवेदीलाई नेपाल सरकारका प्रवक्ता एवं सुचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले पुरस्कृत गरेका हुन् ।
नेपाल पत्रकार महासंघ स्याङ्जाका सचिव समेत रहेका सुवेदी एक दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल रहदै आइरहेका छन् ।
काठमाण्डौमा टेलिभिजन प्राविधिकको समेत दक्षता हासिल पछि वालिङमा आफ्नै सक्रियतामा टेलिभिजन सन्चालन गर्ने प्रयास गर्दा गर्दै नेपाल टेलिभिजनको जिल्ला सम्वाददाताको रुपमा काम गर्दै आइरहेका हुन ।
सम्मानित भएपछि कुरा गर्दै सुवेदीले पुरस्कारले आफूलाई थप हौसला मिलेको बताए । उनले पत्रकारितावाट समाज परिवर्तनका लागि अझ जिम्मेवार भएर लाग्ने वताए ।