“विद्युतीय हस्ताक्षर सम्बन्धी प्रमाणीकरण नियन्त्रकको कार्यालय रेडियन्ट ईन्फो टेक नेपाल प्रालिले वालिङ नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई आवश्यक तालीम दिएको छ” नगर प्रमुख खाँणले भने, “अब विस्तारै हामी विद्युतीय हस्ताक्षरलाई लागू गर्दै अन्ततः पेपरलेस नगरको रुपमा वालिङलाई स्थापित गर्ने छौं ।”
विद्युतीय हस्ताक्षरका लागि आवश्यक पर्ने आधारभूत संरचनाहरु निर्माणलाई प्राथमिकतामा राख्दै उनले भने ‘विद्युतीय हस्ताक्षर (डिजिटल सिग्नेचर) को प्रयोगले छिटो छरितो, पारदर्शी सेवा प्रदान गर्न सकिनुका साथै कागजी प्रक्रियाको समेत अन्त्य हुने छ ।
वालिङ नगरपालिकाले विद्युतीय हस्ताक्षर (डिजिटल सिग्नेचर) लागू गर्नका लागि आवश्यक प्रक्रियाहरु पूरा गर्दै अन्तिम चरणमा पुगेको र देशभरीमा काठमाडौं महानगरपालिकापछि वालिङमा यो सेवा कार्यान्वयनको चरणमा रहेको सरकारबाट मान्यताप्राप्त रेडियन्ट ईन्फो टेक नेपाल प्रालिका प्रवन्ध निर्देशक दीपक भण्डारीले जानकारी दिए ।
विद्युतीय हस्ताक्षर पश्चात् नगरपालिका तथा वडा कार्यालयमा रहेका पुराना फाईलहरुलाई ‘डिजिटलाईज’ द्वारा कानूनी मान्यताबाट विद्युतीय हस्ताक्षर गरी अभिलेख राख्न सकिने भएकाले पनि यो पद्धति विश्वसनीय रहेको प्रवन्ध निर्देशक भण्डारीको भनाई थियो ।
‘डकुमेन्ट म्यानेजमेन्ट सिष्टम’ को प्रयोग गरी डिजिटल माध्यममा भएका डकुमेन्टहरु सजिलै ट्रयाक गर्न सकिने भएकाले पनि वडा तथा नगरपालिका कार्यालयले ‘डकुमेन्ट म्यानेजमेन्ट सिष्टम’ को ‘एप्लिकेशन’ प्रयोग गर्न सक्ने प्रावधान समेत रहेको उनले जानकारी दिए ।