बिश्वप्रकाश भट्टराई
चापाकोट, १८ माघ ।
सिकेको सिपलाई व्यवहारमा उतार्न चापाकोट नगरपालिकाका प्रमुख शिव कुमार गिरीले आग्रह गरेका छन् । जनजागरण महिला समूह चापाकोट नगरपालिका वडा नम्बर ८ दामाचौर को आयोजना र चापाकोट नगरपालिकाको आर्थिक सहयोगमा सन्चालित एक महिने वुटिक तालिमको समापन गर्दै नगर प्रमुख शिवकुमार गिरीले तालिममा सहभागीहरुलाई उक्त सुझाव दिईएको हो ।
नगर प्रमुख गिरीले सीपले उद्यमशीलता र आत्मनिर्भर बनाउनुको साथै हिंसा रहित समाजको समेत निर्माण गर्ने भएकोले सिपलाई व्यवहारमा उतार्न अत्यावश्यक भएको कुरामा जोड दिएका थिए । हातमा सिप भए परनिर्भर हुनुनपर्ने वताउदै नगर प्रमुख गिरीले सीपले सुन्दर भविश्य निर्माणसंगै व्यक्ति र परिवारको सुरक्षा कवचको रुपमा रहने कुरामा जोड दिदै तालिममा सिकेको कुराहरुलाई व्यावहारमा उतार्न र व्यावसायि बन्न आग्रह गर्दै उज्जवल भविश्यको कामना समेत गरेका थिए ।
चापाकोट नगरपालिकाले यस अघि दिएको तालिममा उत्कृष्ठ सरस्वती मल्ल र शान्ति मल्ल सेनले तालिममा प्रशिक्षकको भुमिकामा थिए । कार्यक्रममा कार्यपालिका सदस्य सुर्य माझी, समाजसेबी रामभक्त भट्टराई लगायतले उद्दमशीलताको विकास गर्न सके आत्मनिर्भर मात्र नभई समृद्धि समेत हुने वताएका थिए । उनीहरुले तालिमवाट सिकेको कुरा आफूमात्र नभइ समुदायमा समेत अरुलाई सिकाएर हस्तकलाका समाग्रिहरु उत्पादन गर्न सहभागिहरुलाई आग्रह गरेका थिए ।
तालिम जनजागरण महिला समुहकी अध्यक्ष विष्णू भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सन्चालन माधब भट्टराईले गरेका थिए ।