काठमाडौं, १४ पुस । परराष्ट्र मन्त्री प्रदीप ज्ञावालीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० संसदबाट पास हुने बताएका छन् ।
मन्त्रालयले सिंहदरबारमा आयोजना गरेको सन २०१८र१९ को वार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले एमसीसीको विषयमा सरकार स्पष्ट भएकोले संसदबाट पास हुने बताएका हुन ।
सरकारले पार्टीको स्थायी कमिटीको बैठकमा कुरा उठेपनि पार्टीको निर्णय एमसीसीको पक्षमा हुने बताउँदै संसदबाट पास हुने समेत जानकारी दिएका छन् । एमसीसी सम्बन्धमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को स्थायी कमिटी बैठकमा चर्को बहस भएको थियो ।
मन्त्री ज्ञवालीले एमसीसी इण्डो प्यासिफिक रणनीति अन्तर्गत नरहेको संकेत गर्दै सन २०१७ को सेप्टेम्बरमा भएको सम्झौता अनुसार नै कार्यक्रमलाई अगाडि बढाइने बताएका थिए ।
उनले एमसीसी सम्बन्धमा कसले के भन्यो भन्दा पनि सम्झौतामा के के विषय छन् भन्ने महत्वपूर्ण हुने बताए । उनले परियोजना छनौट गर्दा नै क्रसबोर्डर ट्रान्समिसन लाइन निर्माण गर्न सहयोग मागिएकाले भारतको स्वीकृति लिनुपरेको स्पस्ट पारे ।