गल्याङ्, १९ मंसिर ।
गल्याङ नगरपालिका वडा नं ४ स्थित अधिकारी डाँडाका मनवहादुर थापाको घरमा राहत सामाग्री सहित नगर प्रमुख भुपराज अधिकारी पुगेका छन् । विपन्न थापा परिवारमा मनवहादुरको निधन भएपछि शोकाकुल परिवारलाई भेट्न नगर प्रमुख अधिकारीले राहत स्वरुप खाद्यान्न सहित पुगेका हुन् ।
थापाको दश दिन अगाडी निधन भएको थियो । नगरपालिकाले झण्डै बिस हजार रुपैया रकम बराबरको खाद्यान्न चामल, दाल, तरकारी, नुन, तेल सहितका सामाग्री हस्तान्तरण गरिएको थियो ।
थापाका चार छोरा छन् । आफ्नै घर जग्गा नभएको विपन्न परिवार भएकाले अन्य सहयोग गर्न आफन्त तथा परिवारजनले अपिल गरेका थिए ।
उनीहरुको अवस्थाका वारेमा जानकारी लिदै नगर प्रमुख अधिकारीले विपन्न परिवारको उत्थानमा नगरपालिकाले विभिन्न योजनाहरु राखेको वताउदै, थापा परिवारको घर निर्माणमा नगरपालिकाले आवश्यक सहयोग गर्ने आश्वासन दिएका थिए ।
राहत सामाग्री सहित वडा अध्यक्ष नेत्रप्रसाद पाण्डे, नेपाल कम्युनिष्ट पार्टी नेकपा गल्याङ नगरपालिकाका कार्यलय प्रमुख छविलाल भूषाल, नेपाली काङ्ग्रेसका स्थानीय नेता ढाकाराम न्यौपानेको पनि सहभागिता रहेको थियो ।
उनीहरुले पीडामा रहेका परिवारको उत्थानमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै थापाको स्वार्गारोहण प्रति श्रद्धाञ्जली र शोकमा रहेका परिवारप्रति समवेदना प्रकट गरेका थिए ।