भवानी अधिकारी / स्याङजा
सामाजिक सेवामा क्रियाशिल अन्तराष्ट्रिय संस्था लायन्स क्लव अफ स्याङ्जाको पहलमा जिल्ला अस्पताल स्याङजालाई ३५ लाख रुपैंया बराबरको स्वास्थ्य उपकरण सहयोग गरेको छ । शुक्रवार जिल्ला अस्पताल स्याङ्जामा आयोजित कार्यक्रममा उक्त उपकरण जिल्ला अस्पताल स्याङ्जालाई हस्तान्तरण गरिएको छ ।
लायन्स क्लव अफ काठमाण्डौं ३२५ वि वान र लायन्स क्लव अफ स्याङजाको संयुक्त पहलमा उपकरण सहयोग गरिएको लायन्स क्लव अफ स्याङ्जाका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा पुतलीबजार नगर प्रमुख सीमा क्षेत्रीे र लायन्स क्लव अफ ३२५ बी वानका सेकेन्ड भिडीजी विश्वेश्वर आचार्यले अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष लोकराज शर्मालाई उपकरणहरु हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख क्षत्रीले नागरिकको स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा काम गर्ने जिल्ला अस्पताल सुधारोन्मुख रहेको बताउदै नागरिकलाई प्रदान गर्ने सेवा सुविधामा यो उपकरणले अझ प्रभावकारी हुने वताईन् । अस्पताललाई उपलब्ध ती सामाग्रीको सही सदुपयोग गर्दे लक्षित बर्गले लाभ लिन पाउने वातावरण बनाउन अस्पताल परिवारलाई सुझाव समेत दिएकी थिइन् । आफूले नेतृत्व गरेको नगरपालिकामा जिल्ला अस्पताल भएको वताउदै नगरपालिकाले यसको पूर्वाधार र सेवा प्रवाहको विषयमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।
कार्यक्रममा लायन्स विश्वेश्वर आचार्य, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, लायन्स जोन चियरपर्सन रामचन्द्र पोखरेल, डिस्ट्रिक कमिटी पर्सन वालिङका चेतनारायण श्रेष्ठ, पुतलीबजार लायन्सका अध्यक्ष श्रीबहादुर गुरुङ, डा. नारायण गोदार, अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष लोकराज शर्मा लगायतले समाजसेवामा समर्पित लायन्स क्लवका बारेमा जानकारी गराउदै फजुल खर्च घटाउदै सेवामूलक काममा सहयोग गर्नेमा जोड दिएका थिए ।
लायन्स क्लव अफ स्याङजाका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रथम उपाध्यक्ष धुवबन्धु पौडेलले संचालन गरेका थिए । इटाली सरकार डे वान हेल्थ अमेरिकाको सहयोगमा उपलब्ध गराइएको ती स्वास्थ्य उपकरणको मूल्य झण्डै ३५ लाख मूल्य बराबर रहेको ‘पढाउ अभियान’ का चण्डीप्रसाद अर्यालले जानकारी दिए ।
झण्डै एक दर्जन भन्दा बढी प्रकारका ती स्वास्थ्य उपकरण नवजात शिशुमा हुने जन्डीस, श्वासप्रश्वास समस्या र न्यूमोनियाको संक्रमणबाट वचाउन बहुउपयोगी हुने रिजनल चियरपर्सन कुलचन्द्र शर्माले जानकारी दिए ।