वालिङ, २६ कात्तिक ।
लायन्स क्लव अफ वालिङ सिटि र लिओ क्लव अफ वालिङ सिटिको संयुक्त आयोजनामा वालिङमा सम्पन्न रक्तदान कार्यक्रममा ५४ युनिट रगत संकलन भएको छ । “रक्तदान जीवनदान” भन्ने नाराका साथ आयोजना भएको कार्यक्रममा ४४ जना पुरुष र १० जना महिलाले रक्तदान गरेका हुन् ।
लायन्स क्लव वालिङ सिटिका चाईल्ड एभ्युज अवार्नेस कार्यक्रमका प्रमुख चेतनारायण श्रेष्ठको जन्मदिनका अवसरमा रक्तदान बिशेष कार्यक्रम गरिएकोे क्लवका अध्यक्ष देवेन्द्र भट्टराईले जानकारी दिएका छन् ।
क्लवको सामाजिक कार्य अन्तर्गत रक्तदान कार्यक्रम सञ्चालन गरिएको लिओ क्लव अफ वालिङ सिटिका अध्यक्ष बिदुषा बस्नेतले बताइन् । कार्यक्रमको वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले शुभारम्भ गरेका थिए । रक्तदान जीवन दान भएकाले यस कार्यमा सहभागी सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि सहयोग गर्न नगर प्रमुख खाँणले आग्रह गरेका थिए ।
कार्यक्रममा चाईल्ड एभ्युज अवार्नेस कार्यक्रमका प्रमुख चेतनारायण श्रेष्ठ, लायन्स क्लवका तृतीय उपाध्यक्ष विजय कोईराला, सचिव दीपक लम्साल, लगायतले बोलेका थिए । कार्यक्रममा वालिङ नगर उपप्रमुख कल्पना तिवारी, समाजसेवी,पत्रकार, बिभिन्न कार्यालका कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो ।