स्याङ्जा, २० कात्तिक ।
स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ् फेदीखोला गाँउपालिका स्थित अमोर सेवा आश्रममा रहेका बालबालिकाको अवस्थाको वारेमा जानकारी लिएका छन् ।
भर्खरै स्याङजा सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्ले आश्रमको संरक्षणमा रहेका बालबालिकाको अवस्था र त्यहाँ भइरहेका सहयोगका वारेमा आश्रमकी सन्चालक कमला पराजुलीवाट जानकारी लिएका हुन् ।
सोही अवसरमा प्रजिअ कुरुम्वाङ्ले यस्ता उत्कृष्ट मानवीय कार्य प्रति सबैको ध्यान जान जरुरी रहेको बताए । एकल रुपमा पराजुलीको प्रयास निक्कै उदाहरणीय रहेको बताउदै आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
प्रजिअको स्वागत
सामुदायिक प्रहरी सेवा केन्द्र प्रगतीनगरले स्याङजामा नवआगन्तुक प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङलाई स्वागत एवं परिचयात्मक कार्यक्रम गरेको छ । सोही कार्यक्रममा केही महिनाअघि स्याङजा आएका आँधीखोला गुल्मका मेजर हेमराज बिष्टलाई पनि स्वागत गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रजिअ कुरम्वाङले हामी लोकतान्त्रिक गणतान्त्रिक मुलुकका कर्मचारी भएको बताउदेै सबैले आ आफना जिम्मेवारी निष्ठापूर्वक गर्नुपर्नेमा जोड दिदै, कुरा भन्दा काम गरेर देखाउनु पर्ने बताएका थिए । जिल्लाबासीको सकारात्मक सहयोग भएमा गाँउ गाँउ पुगेर घुम्ति शिविर संचालन गरि नागरिकका सेवा र भ्रष्टाचारको अन्त्य गर्दै जिल्लामा शुसासन कायम राख्ने आफनो लक्ष्य रहेको समेत जानकारी दिएका थिए ।
सोही कार्यक्रममा आधीखोला ब्यारेकका मेजर हेमराज बिष्ट, सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष चित्रबहादुर मल्ल, उपाध्यक्ष बिष्णुप्रसाद गुरुङ, उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नवराज सुवेदी, सामुदायिक रेडियो संचालक समिति सदस्य सूर्यप्रसाद दोरंगाा, जिल्ला अस्पताल संचालक समितिका अध्यक्ष लोकराज शर्मा लगायतले बोलेका थिए । सामुदायिक प्रहरी सेवा केन्द्र प्रगतीनगरका अध्यक्ष विश्वराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव यज्ञप्रसाद पौडेलले गरेका थिए ।