खगेन्द्र भण्डारी
गल्याङ २८ भदौ ।
गल्याङ उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा सदस्यहरुको मतगणना सकिएको छ ।
५ सदस्य पदका लागि भएको निर्वाचनको मतगणना अनुसार लोकतान्त्रिक प्यानलका तिन जना निर्वाचित भएका छन्, भने वामपन्थी प्यानलका दुई जना मात्र निर्वाचित भएका छन् । लोकतान्त्रिक प्यानलका धुर्ब श्रेष्ठ नेतृत्वको प्यानलवाट गुम प्रसाद थापा २ सय ३६ मत, नर बहादुर गुरुङ २ सय २७ मत र ऋषि बश्याल २ सय १७ मत ल्याई निर्वाचित भएकाछन् । यसैगरी यज्ञप्रसाद अर्याल नेतृत्वको वामपन्थी प्यानलवाट हुमकान्त पाठकले २ सय २२ मत र चिन्तामणी अर्यालले २ सय १७ मत ल्याई निर्वाचित भएकाछन् ।
सदस्यहरुको मत गणना सकिए लगत्तै अहिले पदाधिकारीहरुको मतगणना सुरु भएको छ ।
संघको आज भएको मतदानमा अध्यक्ष पदका लागि ४ सय ४५ मत र सदस्यहरुमा ४ सय ४४ मत खसेको थियो । जम्मा ४ सय ७० मतदाता रहेको संघमा २५ मत खसेन भने १ जनाले अध्यक्षका लागि मात्रै मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।
संघमा दलीय सहमती हुन नसके पछि दुई ठूला राजनैतिक दलले प्यानल निर्माण गरेर चुनावी प्रतिपर्धामा उत्रिएका थिए । अव वाँकी मतगणना अनुसार पदाधिकारी तर्फका
लोकतान्त्रिक समूहको धुर्व श्रेष्ठको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष पदकोे लागि ईन्द्र प्रसाद अधिकारी, उपाध्यक्षमा बाबुराम पाण्डे, महासचिवमा कृष्ण प्रसाद भट्टराई, सचिवमा उमा श्रेष्ठ, कोषाध्यक्षमा नेत्र प्रसाद भुषाल, सह–कोषाध्यक्षमा होमलाल भट्टराई उमेद्वार रहेका थिए । त्यस्तै वामपन्थी प्यानलको यज्ञ अर्यालको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष पदकोे लागि हेम कुमारी तमु उपाध्यक्षमा विष्णु पाठक, महासचिवमा राम प्रसाद सापकोटा, सचिवमा गणेश प्रसाद अधिकारी, कोषाध्यक्षमा बलराम श्रेष्ठ, सह–कोषाध्यक्षमा दुर्गा बहादुर थापाले उम्मेदवारी दिएका छन् ।