भवानी अधिकारी
स्याङ्जा, २८ भदौ ।
उच्च अदालत पोखराले साधारण तारेखमा छाड्ने आदेश भएपछि नेत्र विक्रम चन्द नेतृत्वका माओवादी कार्यक्रता अदालतको गेटबाट बाहिर निस्कदैगर्दा गोकुल पराजुली, गोविन्द ओली र सागर अर्याललाई प्रहरीले पुन पक्राउ गरेको छ ।
नेत्रविक्रम चन्द (विप्लव) समुहको आरोपमा उनीहरु लगायत मिसिरी नेपालीलाई पनि उच्च अदालत पोखराले साधारण तारेमा छाड्ने आदेश दिएको थियो । विगत केही महिनादेखि उनीहरु स्याङ्जा कारागारमा बस्दै आएका थिए ।
फागुन १० गते राती वालिङ नगरपालिका १२ मा रहेको एनसेलको टावरमा बम विस्पोट र फागुन ३० गते पुतलीबजार नगरपालिका–४ भालुपहाडमा नक्कली बम राखेको आरोपमा उनीहरु पक्राउ परेका हुन ।
सोही आरोपमा जिल्ला अदालत स्याङ्जाले एनसेल टावरमा बिष्फोट गराएको भन्दै जनही दुई लाख २० हजार र नक्कली बमबाट अतंकीत र चन्दा असुलीको शिर्षकमा दुई लाख धरौटी माग गरेको थियो । जनही चार लाख २० हजार रुपैंया बुझाउन नसक्ने जनाएपछि उनीहरु कारागार चलान भएका थिए । चारजनाबाट १६ लाख ८० हजार रुपैयाँ सहित अदालतबाट अवैधरुपमा चन्दा असुल गरेको रकम फिर्ता, टावरको क्षतिपुर्ति सहितको माग थियो ।
अदालतको सो निर्णय उपर उनीहरु उच्च अदालत पुगे । उच्च अदालतको आदेश बमोजिम उनीहरुलाई शुक्रवार शुद्ध साधारण तारेमा छाड्ने आदेश भए बमोजिम स्याङजा अदालत परिसरबाट निस्के पनि मुलगेटमा रहेका प्रहरीले पक्राउगरी कास्की लगेको बताईएको छ ।
कास्की पोखरा महानगरपालिका निवासी जिल्ला इन्चार्ज गोकुल पराजुली, पश्चिम रुकुम त्रिवेणी गाउपालिका गोविन्द ओलीलाई र भीरकोट नगरपालिकाका स्याङजा जिल्ला कमिटी सदस्य सागर अर्याल कास्की लगिएको छ भने वालिङ नगरपालिका छाप्राककी मिसिरा नेपाली (सार्की)लाई भने आफनै घर फर्केको बताइएको छ ।
प्रहरीले बिना पक्राउपूर्जी आफुहरुलाई समातेको भन्दै उनीहरुले पक्राउपूर्जी माग गर्दै आपत्ती जनाएका थिए । उनीहरुलाई पक्राउ गरी प्रहरीले भ्यानमा राख्ने क्रममा सरकार बिरुद्ध नारा लगाएका थिए ।