वालिङ २६ भदौ ।
वालिङ नगरपालिका वडा नं ८ का वडा अध्यक्ष कमल प्रसाद सुवेदीले कृषकहरुले फरक—फरक बस्तुहरु उत्पादन गर्दा बजारीकरणमा सहज हुने वताएका छन् । बजार र समयको मागलाई मध्य नजर गर्दै कृषि उपज उत्पादन गर्दा कृषकलाई समेत फाइदा पुग्ने वताएका छन् ।
वालिङ नगरपालिकामा सञ्चालित सीप तालिम कृषि तथा उद्यम बिकासद्धारा आर्थिक शक्तिकरण परियोजना अन्तरगत वडा नम्वर ८ मा गरिएको अन्तरक्रिया कार्यक्रमका वडा अध्यक्ष सुवेदीले वालिङ नगरपालिकाको केन्द्र समेत रहेको यस वडामा उत्पादन गर्न सके बजारको समस्या नरहेको वताउदै उनले भने, “वालिङको विशेषता झल्कने गरी उत्पादनमा गर्नुहोस् बजारीकरणको जिम्मा हामी लिन्छौं । ”
कार्यक्रममा नगरकार्यपालिका सदस्यहरु युगमाया पंगेनी र गीता रनपाल, वडा सदस्य चेतनारायण श्रेष्ठ, नगर गुनाशो व्यवस्थापन समितिका संयोजक भुपराज बगाले लगायतले कार्यक्रमका बारेमा बोलेका थिए । परियोजना प्रमुख राधाकृष्ण डुम्रेले कार्यक्रमका बारेमा सहजीकरण गरेका थिए ।