भवानी अधिकारी/स्याङजा
स्याङजाका बिभिन्न स्थानीयतहमा सोमबार गरिएको ३३ जनाको कोरोना भाइरस नमूना परिक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
र्यापिड डाइगोनिष्टक टेष्ट बिधिद्धारा गरिएको परिक्षणको नतिजा नेगेटिभ देखिएको हो । यो नतिजासंगै स्याङजामा आजसम्म गरिएका ३४० जनाको कोरोना टेष्ट रिपोर्ट सबै नेगेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिएका छन् ।
चैत्र २ गतेयता बिभिन्न मुलुकबाट जिल्लामा आउनेहरुको नमूना स्वाव एवं रगत परिक्षण गरिदै आएको छ । यसअघिका ९७ जनाको स्वाब संकलन गरि पोखरामा परिक्षणका लागि पठाइएको थियो । त्यहाँ पठाइएका नमूना परिक्षण रिपोर्ट पनि नेगेटिभ आएका थिए भने पछिल्ला दिनमा २ सय ४३ जनाको नमूना परिक्षण भने स्याङजामै गरिएका हुन ।
रयापिड टेस्ट ब्यक्तिको रगतलाई कोरोना भाइरस परिक्षण किटमा राखेपछि केही वेरमै रिपोर्ट थाहा लाग्ने बिधि हो । ६ सय २४ जना वैदेशिक रोजगारबाट स्याङजा आएको जनाइएको छ ।