राहुल गुप्ता
बिरगंज, २२ चैत्र ।
बिरगंजको नारायणी अस्पतालमा निर्माधिन २० सैयाको आईसुलेसन वार्ड एक कार्यक्रम बीच शनिबार हस्तान्तरण गरिएको छ ।
पर्सा क्षेत्र न. १ का सांसद प्रदिप यादवले बिश्वमा कोरोना भाईरसको महामारीले त्रास सृजना भएको बेला बिरगंजको नारायणी अस्पतालमा ५ सैयाको आईसुलेसन बेड मात्र भएको र यो पर्याप्त नभएकोले बिरगंजका सहयोगी दाता वेलफेयर सोसाइटीका सुरेश रुङ्ग्टा, लायन्स क्लवका सुनिल खेतान र जगदम्बा सिमेन्टका राजेशअग्रवाल सङ्ग सहयोगको लागि आग्रह गरि सान्सद प्रदिप यादवको पहलमा २० सैयाको आईसुलेसन वार्ड निर्माण गरिएको साँसद यादवले जानकारी दिए ।
शनिवार दाता र सांसद यादबले संयुक्तरुपमा नारायणी अस्पतालका मेसु डा। मदन उपाध्यायलाई हस्तान्तरण गरिएको छ । त्यसै गरि माहामारी नियन्त्रणका लागि आवस्यकता अनुुसार अरु आईसुलेसन बेड थप्ने पनि बताए।
बिरगंजको नारायणी अस्पतालमा आवस्यक पिपिई सामाग्री , स्वाब टेस्ट किड र ल्याब स्थापनको लागि सरकारलाई आग्रह गरेको र आग्रहलाई बेवास्ता गरे बिरगंजका जनताहरुको ज्यानको लागि धर्ना बस्न पनि तयार रहेको बताए ।