वालिङ,२० चैत्र ।
मानवताको सेवा जीवनको सर्बोत्तम कार्य हो भन्ने आस्था र विश्वासका साथ क्रियाशिल वालिङ जेसीजले कोरोना संक्रमणवाट बच्न नेपाल सरकारले गरेको लकडाउनवाट प्रभावित अति विपन्न परिवारको लागि सहयोग स्वरुप वालिङ नगरपालिकाले स्थापना गरेको कोभिड १९ राहत कोषमा खाद्यान्न र नगद प्रदान गरेको छ । जेसीजले १ लाख ३० हजार ५ सय बराबरको खाद्यान्न र नगद हस्तान्तरण गरेको हो ।
वालिङ नगरपालिकाले स्थापना गरेको कोषमा नगद जम्मा गर्नुका साथै खाद्यान्न समेत हस्तान्तरण गरिएको वालिङ जेसीजका अध्यक्ष होमकान्त गौतमले जानकारी दिए । जेसीजले नगद रु ७६ हजार ५ सय र ५४ हजार बराबरको खाद्यान्न प्रदान गरिएको अध्यक्ष गौतमले बताए । जेसीजको टोलिले वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणलाई नगद तथा खाद्यान्न हस्तान्तरण गरेको हो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख खाँणले जेसीजसँगको सहकार्य उत्कृष्ट रहेको बताउदै जेसीजले नगरपालिकाको बिकास र नागरिकको हितका लागि महत्वपूर्ण योगदान पुर्याउदै आएको बताएका थिए ।
कार्यक्रम बोल्दै वालिङ जेसीजका अध्यक्ष होमकान्त गौतमले युवाहरुको सक्रियतामा सहयोग प्रदान गरिएको वताए । उनले बिश्व नै कोरोनाबाट प्रभावित भईरहेको अवस्थामा नेपालीहरुले बिशेष ख्याल गर्नु पर्नेमा जोड दिदै वालिङका नागरिक भोकै बस्न नपरोस भनेर नगरपालिकाले शुरु गरेको अभियानलाई साथ दिदै सहयोग हस्तान्तरण गरिएको स्पष्ट पारेका थिए।