भीरकोट, १९ चैत्र ।
भीरकोट जेसीज र भीरकोट नगरपालिकाको समन्वयमा विश्व भर फैलिएको माहामारी नियन्त्रण गर्न नेपाल सरकारले गरेको लक डाउनवाट प्रभावित अति विपन्न परिवारलाई राहत सामाग्रि वितरण गरेको छ ।
नगरपालिकामा रहेका अति विपन्न २० घर परिवारलाई खाद्यान्न सहित केही टोलहरूलाई जोरो नाप्ने थर्ममिटर हस्तान्तरण गरिएको भीरकोट जेसीजकी अध्यक्ष मिना खाँणले जानकारी दिइन्।
राहत वितरण कार्यक्रममा भीरकोट नगरपालिकाका नगर प्रमुख छाँयाराम खनाल, नगर प्रवक्ता दिपेन्द्र केसी, भीरकोट वाड नं ५ का अध्यक्ष यामप्रसाद अधिकारी लगायतको उपस्थिती रहेको थियो । भीरकोट जेसीजका पदाधिकारी सहितका झण्डै २० जनाको सहभागितामा राहत सामाग्रि वितरण गरिएको भीरकोट जेसीजका कार्यकारीणी उपाध्यक्ष प्रसुन मगरले जानकारी दिए ।
लक डाउनका कारण दैनिक ज्याला मजदुरी गरेर खाने परिवारमा परेको प्रभावलाई मध्ये नजर गर्दै भिरकोट नगरपालिकाले ९ वटै वडाहरूमा अति विपन्न परिवारको विवरण संकलन गरिरहेको भिरकोट नगरपालिकाका प्रमुख छाँयाराम खनालले जानकारी दिए । उनिहरुलाई नगरपालिकाले राहत सामाग्रि वितरण गरिने पनि जानकारी दिए । कोही दैनिक खानपिनमा समस्या परेर यो अवधिको मारमा परेका छन् भने सम्वन्धित वडाका जनप्रतिनिधिलाई नाम र परिवार संख्या टिपाउन समेत जानकारी दिए ।