वालिङ, ९ चैत्र ।
वालिङ नगरपालिकाले कोरोना भाइरस संक्रमणको जोखिमलाई नियन्त्रण र थप सजगता अपाउनका लागि हेल्थ डेस्कको स्थापना गरेको छ । आईतवारदेखि वालिङ बजारको मुख्य चोकमा हेल्थ डेस्क स्थापना गरिएको हो ।
जिल्लामै सबै भन्दा धेरै चहलपहल हुने वालिङ बजारको मुख्य चोकमा हेल्थ डेस्कको स्थापना गरिएको नगरपालिकाले जनाएको छ । नगर प्रमुख दिलिप प्रताप खाँणका अनुसार हेल्थ डेस्कमा गरिने प्रारम्भिक चेकजाँचको क्रममा कोरोना सँग सम्बन्धित लक्षणहरु देखिए अस्पताल रिफर गर्नको लागि नगरपालिकाले एम्बुलेन्सको समेत व्यवस्था गरेको छ ।
नगरपालिकाभित्र संक्रमणको शंका लागेमा विरामीलाई आइसोलेशनमा राख्नका लागि नेपाल आदर्श उच्च मावि र पाईनिअज उच्च मावि मा ६० भन्दा धेरै बेडको व्यवस्थापन गरिएको छ । जहाँ बिरामीको अवस्था हेरी राखिनेछ । वाइफाई, शुद्ध पिउने पानी, शौचालय सुविधा, स्वाथ्यकर खाजा एबंम खाना, उपयुक्त पुस्तक, पत्रपत्रिका, सहितको वेड व्यवस्थापन भईरहेको नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख कमल प्रसाद पाण्डेले जानकारी दिए । जहाँ स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको प्रत्यक्ष रेखदेखमा पारिवारिक बातावरण सृजना गरिने पाण्डेको भनाई छ ।
यस्तै नगरप्रमुख खाँणले जिम्मेवार भएर आ–आफ्नो ठाउँबाट सहयोग गर्न अनुरोध गर्दै विश्वमा फैलिएको महामारी कोभिड १९ लाइ साझा अभियानबाट अन्त्य गर्न सकिने बताएका छन् । प्रमुख खाँणले नआत्तिन र सरसफाई लगायतका संक्रमण हुन नदिने विषयमा सचेत रहन नगरवासीलाई आग्रह समेत गरेका छन्।
हेल्थ डेक्समा सशस्त्र प्रहरी, वडा प्रहरी कार्यालयले वाहिरी सुरक्षा सहित अभियानमा सहकार्य गरिरहेको छ । भने संक्रमण भित्रिन नदिन नगरपालिका क्षेत्र भित्र मानिसहरुको भिडभाड, यातायातका साधनहरु, बजारलाई कडाइका साथ बन्द गरि आवश्यक भन्दा वढी मानिसहरुलाई आवतजावतमा समेत रोक लगाइन लागिएको वुझिएको छ ।