स्याङजा, १० फागुन ।
स्याङजामा आगलागीमा परी एक जनाको मृत्यु भएको छ । बिरुवा गाउँपालिका ४ घोप्टे बस्ने ८२ वर्षीय जित बहादुर गुरुङको आगलागीमा परी मृत्यु भएको हो ।
गोठमा सुतिरहेका गुरुङको शुक्रबार राति आगलागी परी जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।यस घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।