भीरकोट ७ फागुन ।
७० औ प्रजातन्त्र दिवस तथा महाशिवरात्री पर्व को अवसरमा भीरकोट जेसीजले धर्मिक पर्यटकीय क्षेत्र छायाँक्षेत्र मन्दिरको सरसफार्इ गरेको छ ।
भिरकोट जेसीजको आयोजनामा गरिएको सरसफाई कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन जेसीजले सरसफाई कार्यक्रम गरेको भीरकोट जेसिजका अध्यक्ष मिना खाँड ले जानकारी दिइन्।
सरसफाई कार्यक्रममा सम्पूर्ण भिरकोट जेसीज परिवार, छाँयाक्षेत्र मन्दिर सेवा समिति, स्थानीय आमा समुह, युवा क्लब र जनप्रतिनिधिहरुको सहभिगिता रहेको थियो।
छाँयाक्षेत्र मन्दिर स्याङजा जिल्लाकै एक प्रसिद्द धार्मिक क्षेत्र मध्ये पर्दछ। यहाँ विभिन्न चाड पर्वहरुमा भक्तजनको भीड लाग्ने गर्दछ। विशेष गरी महाशिवरात्रीमा ठूलो मेला लाग्ने गर्दछ । श्रीस्वस्थानी व्रतकथामा सतीदेवीको अङ्ग पतन भएको र भगवान शिव ले तपस्या गरी त्रिशुल बाट पहाड छेडेर पानि झर्दा छङ छङ गरी बगेको भयर यो पवित्र भूमिको नाम छाङछाँङ्दी रहन गएको किंवदन्ती रहेको छ।
छाङछाँङ्दी लाई छाँयाक्षेत्र नामबाट पनि चिनिने गरिन्छ यस्तो धार्मिक पर्यटकीय क्षेत्रको प्रबर्दन गर्न सकेमा यसको महत्व अझ वढने विश्वासका साथ यहाँका सामाजिक संघ संस्थाहरुले विभिन्न पर्वका अवसरमा विविध कार्यक्रमहरु गर्ने गरेका छन् ।