स्याङ्जा, २९ पौष ।
वालविवाहको आरोपित तिन जना धरौटीमा छुटेका छन । वालविवाह गर्ने र गराउने तिन जनालाई जनही ५०÷५० हजार रुपैंया धरौटी वापतको रकम बुझाएर तारेखमा छुटेका हुन ।
हरिनास गाउँपालिकाका २७ बर्षे सन्तबहादुर राना, ४६ बर्षिया सुना राना र ६४ बर्षे बेलबहादुर रानाले धरौटी वापतको रकम जिल्ला अदालतबाट माग भएपछि उनीहरुले सो रकम बुझाएर तारेखमा रिहा भएका हुन । एक बालिकालाई फकाई फुल्याई विहे गर्न लागेका बेला बालिकाले विहे नगर्ने इच्छा गरेपछि विवाह रोकिएको थियो ।
बालिकाको खवर पाएपछि प्रहरीले विहे गराउन संलग्न तिन जनालाई पक्राउ गरी बालविवाह सम्बन्धी मुद्दामा अदालतमा पेश गरिएको प्रहरी नायब उपरिक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए ।