भवानी अधिकारी
स्याङजा, १ पौष ।
सयपत्री समाज पोखराको आयोजनामा पुतलीबजार नगरपालिकामा शहरी पुर्नजागरण विषयक सवाल बिषयक अन्र्तक्रिया गरिएको छ । स्थानीय जनप्रतिनिधी तथा न्यायीक समितिका सदस्यहरु र सरोकारवालाबीच पुतलीबजारको शहरी पुर्नजागरण बिषयक अन्र्तक्रिया गरिएको हो ।
अन्र्तक्रियामा बोल्दै नगरप्रमुख सीमा क्षेत्रीले समृद्ध पुतलीबजार र सुखी नगरवासी बनाउने उदेश्य अनुरुप नगरपालिका अघि बढेको बताउदै नगरका सबै सडकलाई स्तरोन्नती एवं पक्की बनाई, औधोगिक ग्राम लगायतका विषयमा नगरपालिकाले नगरवासीका हित र सुविधा सम्पन्न शहरीकरणमा काम गर्दै आइरहेको वताईन् ।
कार्यक्रममा उपप्रमुख महेश पुरी, नेकपा नगर अध्यक्ष तारा शर्मा, नेपाली कांग्रेसका नगर सभापति वेदप्रसाद दोरंगाा, वडा अध्यक्ष निर्मल शेरचन, ब्यवसायी देवेन्द्रकुमार श्रेष्ठ, रविन्द्रप्रसाद श्रेष्ठ, समाजसेवी अनन्तकुमार श्रेष्ठ, मित्रबन्धु पोखरेल लगायतले पुतलीबजारको पुर्नजागरणका लागि सबै एकजुट भई काम गर्नुपर्नेमा जोड दिएका थिए । समाजका अध्यक्ष गेहेन्द्र कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव गिरीधारी सुवेदीले स्वागत एवं सदस्य विजय अर्यालले संचालन गरेका थिए ।
सो कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका उपप्रधाध्यापक अमृत भण्डारीले पुतलीबजार पुर्नजागरण सम्बन्धी बिभिन्न सूचकहरु प््रास्तुत गर्दे कार्यपत्र प्रस्तुत गरेका थिए । उपप्राध्यापक भण्डारीद्धारा प्रस्तुत कार्यपत्रमा सुदुढ नगर सडक संजालका विकास, पर्यटन विकास एवं विस्तार, औधोगिक सम्भावना र उद्यमशीलता प्रवद्धृन, अन्तर टोल, वडा भ्रमण अनुभव एवं सीप आदान प्रदान, स्वास्थ्य र शिक्षाको पूर्वाधार विकास, ब्यापारिक केनद्रको रुपमा पुर्नउत्थान, नमूना बस्ती निर्माण, पोखराको समृद्धीबाट सिको गर्दै पोखरा र पुतलीबजार जोड्ने मार्ग छोट्याउन फास्ट ट्रयाक, सुरुङ मार्ग लगायतका विकास निर्माण गरिएमा पुतलीबजारलाई गुल्जार बनाउन सकिनेगरी सुझाव दिइएको छ ।