स्याङ्जा, १५ मंसिर ।
नेपाली सेनाले स्याङ्जाका ११ वटै स्थानीयतहका नागरिकहरुलाई माईन जोखिम शिक्षा शुरु गरेको छ । वालिङ नगरपालिकाबाट शुरु गरिएको माईन जोखिम शिक्षा अब हरेक पालिकामा शुरु गर्न लागिएको दुर्गा भन्जन गुल्म स्याङ्जाले जनाएको छ ।
बिष्फोटक पदार्थवाट हुने जोखिम र त्यसवाट बच्नका लागि अपनाउनुपर्ने सावधानी को विषयमा जनचेतना फैलाउने उद्देश्यले माईन जोखिम शिक्षा सबै तहमा पु¥याउन लागिएको दुर्गा भन्जन गुल्मका गुल्मपति सेनानी हेमराज बिष्टले जानकारी दिए । बिष्फोटनको जोखिमलाई कम गर्न सर्वसाधरण जनताको पनि जिम्मेवारी भएकाले हरेक नागरिकले सुरक्षा सम्वन्धी ज्ञान प्राप्त गर्नुपर्छ भन्ने उदेश्यले नेपाली सेनाले यस्तो कार्यक्रमको आयोजना गर्न लागेको हो ।
समाजका अगुवालाई यो शिक्षा दिलाउछौ गुल्मपति बिष्टले भने,“जो शिक्षा समाजिक अगुवाहरुले छरछिमेक, आफ्नो परिवार, साथीभाई लगायत सबैमा पुगोस ।” बिष्फोटक पदार्थबाट नागरिक सचेत र ज्ञान हासिल गर्नुपर्छ भन्ने मान्यता नेपाली सेनाको हो उनले भने ।
बाटोघाटो वा घर वरीपरि कुनै शंकास्पद बस्तु फेला परेमा छुन नहुने, सेना वा अन्य सुरक्षाकर्मीको व्यारेक वरिपरि लगाईएको तार लाई छुन नहुने र विष्फोटन भएमा कसरी सुरक्षित रहने भन्ने विषयमा सेनाले सहभागीहरुलाई सहजीकरण गरेको थियो ।
वालिङ नगरपालिकाका नगर प्रमुख दिलिपप्रताप खाँण, उपप्रमुख कल्पना तिवारी, प्रमुख प्रशासकिय अधिकृत गुरुदत्त सुवेदी लगायतको सहभागितामा भएको कार्यक्रममा नगरभित्रका शिक्षक, वडा अध्यक्ष, उद्योगी व्यवसायी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।
नागरिकलाई बिष्फोटक पदार्थको बारेमा जानकारी दिएर नेपाली सेनाले प्रसंशनीय काम गरेको सहभागीहरुले बताएका थिए । गुल्मका उपसेनानी बद्रि केसीले सहजिकरण गरेका थिए । गुल्मपति बिष्टका अनुसार महिनामा दुई पालिकामा शिक्षा दिने गरी कार्यक्रम तय गरिएको बताए ।